कालीगण्डकी किनारमा गौ- महोत्सव

कालीगण्डकी किनारमा गौ- महोत्सव

बेनी : जलजला गाउँपालिका ७ मिलनचोकस्थित कालीगण्डकी किनारमा बिहीबारदेखि नेपालमै पहिलो पटक गौ-महोत्सव सुरु भएको छ । लोपोन्मुख वैदिक गाईको संरक्षण र कालञ्जर क्षेत्रको धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको संयोजनमा धाइरीङको गण्डकी गोपाल गौशालाले धनधान्याचल बिराट् महायज्ञ एवम् गौमहोत्सव आयोजना गरको हो । 

महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना,गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, स्वामी कमलनयनाचार्यले उद्घाटन गरे । स्वामी कमलनयनाचार्यको पहल र स्थानीयको सक्रियतामा विस २०७२ मा गौशाला स्थापना भएको थियो । 

गौशालाको क्षमता विस्तार, व्यवस्थापन, आवश्यक संरचना निर्माण, स्थानीय गाइको संरक्षण, पौराणिक महत्वको कालञ्जर क्षेत्र तथा गाईको महत्व उजागर गराउने र अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।  

'कालीगण्डकी र लुङदी नदीको दोभानमा आयोजना गरिएको महोत्सव मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ,' अध्यक्ष आचार्यले भने, '‍पाँच करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ ।'

हाल ३६ वटा गाइ पालिएको गौशालाको क्षमता बढाएर दुई हजार बनाउने तयारी भएको छ । धर्म, संस्कारका हिसाबले समेत महत्त्वपूर्ण मानिने गाई लोप हुने खतरा बढेपछि स्वामी कमलनयनाचार्यको संकल्पमा गौशाला निर्माण गरिएको थियो । 

दूधका लागि उन्नत जातका गाई पाल्ने चलन आएपछि स्थानीय जात हराउन थालेका छन् । खेतबारी जोत्न गोरुको विकल्पमा उपकरणको प्रयोग बढ्नु, चरनको अभाव र कम दूध दिने भएकाले धार्मिक, सांस्कृतिक, प्रौराणिक र पर्यावरणीय महत्व भएको स्थानीय गाई पाल्ने क्रम घटेको छ । 

'हिन्दु समाजमा धार्मिक र सांस्कृतिक कार्यका लागि नभै नहुने जुरो भएका स्थानीय जातका गाईको पर्यावरणीय र जैविकीय महत्व छ,' मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले भने, 'व्यवसायिक रुपमा लाभ नहुने र खेतबारी जोत्ने ट्याक्टरको प्रयोगसंगै यी गाइहरु लोप हुदै गएकाले संरक्षण थालिएको हो ।'

गौशालामा पालिएका गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने उद्देश्य राखिएको महोत्सवका सहअध्यक्ष शेरबहादुर केसीले बताए । गौशालाबाट प्राङगारिक मल उत्पादन गरि तरकारी र खाद्यबालिमा रासायिनक मल र विषादीको प्रयोग घटाउने लक्ष्य राखिएको छ ।  

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले राष्ट्रिय जनावर गाइको जैविकीय, पर्यावरणीय, स्वास्थ्य सम्बन्धी महत्व बुझाएर संरक्षणमा जागरण ल्याउनुपर्ने बताए । 

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जलजला गाउँपालिकामा पर्ने ऐतिहासिक धार्मिक स्थल कालञ्जर पर्वतलाई विश्व सम्पदा सुचिमा राख्न पहल गरिएको बताए । 

जिल्ला समन्वय समितिका प्रमुख मनोहरबी पौडेल र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले कालञ्जर पर्वत क्षेत्रमा पर्ने जलजलाको धार्मिक पर्यटन विकासका लागि सम्भाव्यता अध्ययन गरि डिपिआर बनाउन लागिएको बताए । 

म्याग्दीको भुरुङ तातोपानी देखि पर्वतको पातिचौर सम्मको क्षेत्रलाई विभिन्न धार्मिक ग्रन्थहरुमा जडिबुटीको खानी भएको कालञ्जर पर्वतको रुपमा व्याख्या गरिएको छ । महायज्ञ सुरु हुनुअघि बेनी, पर्वत बेनी, लस्तिबाट मिलनचोकसम्म झाँकीसहितको कलश यात्रा गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.