पाल्पामा जिप दुर्घटनामा दुईको मृत्यु
तानसेन : पाल्पामा जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जिप तिनाउँ गाउँपालिका वडा नंं ५ चौविसमाइलमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेमा जीपका चालक रैनादेवी छहरा गाउँपालिका-५ मुझुङ्गका २५ वर्षीय दीलिप वम्रेल र सहचालक सोही गाउँपालिकाकै वडा नम्बर ४ का २४ वर्षीय कृष्ण कार्की रहेको पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए ।
जिप सिद्धार्थ राजमार्गदेखि ३ मिटर तल तिनाउ खोलामा खसेको छ । बटुवाहरुले जिप अड्केको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
करेन्ट लागेर एकको मृत्यु
यस्तै निस्दी गाउँपालिका-५ बेलौजीखोलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धादिङ रोलाङ्ग गाउँपालिका-४ का २६ वर्षीय नेत्रबहादुर विसुंखेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लालीगुरास सामुदायिक विद्युतमा राष्ट्रिय प्रशारणको लाइन जोड्ने क्रममा करेन्ट लागी नेत्रबहादुरको घटनास्थमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !