हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको मृत्यु भएको छ। 

जंगलमा घाँस काट्न गएको बेला हात्तीले आक्रमण गर्दा  कञ्चनपुरको माहाकाली नगरपालिका-२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। 

जंगलमा घाँस काट्दै गर्दा एक्कासी हात्तीको बथानले आक्रमण गर्दा दुई महिलाको मृत्यु र चार महिला घाइते भएका छन्। घाइते हुनेमा माहाकाली नगरपालिका-२ कै ललिता बोहरा, सुनिता विष्ट, उमा साउद र सुशीला बम रहेको प्रवक्ता चन्दले बताए। 

घाइते दुई जनाको भारतको खटिमा र एकजनाको महाकाली अस्पतालमा उपचार भइराखेको छ। अर्का एक जनालाई महाकाली अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको छ।

पछिल्लो केही महिना यता कञ्चनपुरमा हात्तीको आतंक बढेको छ। केही महिना अघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ मा पनि जंगली हात्तीको आक्रमणबाट एक वृद्धले ज्यान गुमाएका थिए।

हात्तीकै आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिकाकी एक महिला पनि घाइते भएकी थिइन्।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.