पाटन विमानस्थलमा कालोपत्रे सुरु, २० दिनमा काम सकिने

पाटन विमानस्थलमा कालोपत्रे सुरु, २० दिनमा काम सकिने

बैतडी : बैतडीको पाटन विमानस्थलको कालापत्रे सुरु भएको छ। २०७५ असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको विमानस्थलमा तोकेको समयभन्दा झण्डै १६ महिनापछि कालोपत्रेको काम सुरु भएको हो। अबको २० दिन भित्रमा कालोपत्रे गर्ने काम सम्पन्न हुने विमानस्थल कालोपत्रेमा संलग्न इन्जिनियर पुरन रावलले बताए। ‘निर्माण सामग्री र मेसिनको अभावमा हामीले तोकिएको समयमा कालोपत्रे गर्न सकेनौं। अबको २० दिनभित्र कालोपत्रे गरिसक्छौं।’ रावलले भने।

पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौँडाईको धावनमार्ग कालोपत्रे भइरहेको छ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन पनि कालोपत्रे भइरहेको छ। यसका लागि करिब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको हो।  

विमानस्थलमा कालोपत्रे सुरु भएपछि स्थानीयहरु खुसी भएका छन्। ‘विमानस्थल कालोपत्रे गर्ने कार्य ढिलै भएपनि सुरु भएको छ। यसले विमानस्थल सुचारु होला भन्ने आशा पलाएको छ।’स्थानीय चमनसिंह भण्डारीले भने।

२०३२ सालमा  निर्माण थालिएको र २०३५ सालदेखि हवाई सेवा सुरु भएको यो विमानस्थल २०५२ सालदेखि बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएका थिए।

यस विमानस्थल सुचारु भएमा दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने स्थानीयबासी लोकेन्द्र प्रसाद पन्तले बताए। 

पाटन विमानस्थल कालोपत्रे भई सञ्चालनमा आएमा भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुग्नेछ। बैतडीमा सात बैनी भगवतीका मन्दिर, सात भाई केदारका मन्दिर र पातालभुवनेश्वर धाम  लगायतका पर्यटकीय तीर्थस्थल रहेका छन्।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.