खरायो दिदी भाइको माया

खरायो दिदी भाइको माया

म्याक्स र रुबी क्यानाडेली टेलिभिजन शृंखला हो। यो कार्टुन रोजमेरी वेल्सको किताबमा आधारित छ। वेल्स बालबालिकाका लागि किताब लेख्ने अमेरिकी लेखक हुन्। यो कार्टुनको प्रसारण क्यानडाको ट्री हाउस टीभीमा सन् २००२ मा सुरु भएको थियो। अमेरिकामा पनि सन् २००२ मा निकलोडियनमा यसको प्रसारण आरम्भ भएको थियो। यो कार्टुनको सात सिजन र एक सय ३० एपिसोड छन्। यसको प्रदर्शनको अवधि २२/२३ मिनेट छ।

यो कार्टुनका पात्र म्याक्स र रुबी दुई खरायो हुन्। म्याक्स तीन वर्षका छन्। उनी चकचके र नियन्त्रण गर्न नसकिने खालका बच्चा हुन्। उनकी दिदी रुबी आठ वर्षकी छन्। उनी आफ्नो लक्ष्यमा निरन्तर लागिरहन्छिन्। उनीहरूका आमाबुवा छैनन्। रुबी आफ्नो सानो भाइको हेरविचार आमाबुवाले गर्नेजस्तै गर्छिन्। म्याक्सले भने उनलाई सधैं दुःख दिन्छन्।

म्याक्स र रुबी सधैं सँगै खेल्छन् र आफ्ना समस्याहरूलाई सँगै मिलेर हल गर्छन्। म्याक्सले खेलौना र क्यान्डी धेरै मन पराउँछन्। कार्टुन लेखकका अनुसार यो कार्टुनले रुबी र म्याक्स तथा विश्वका भाइबहिनीको प्राकृतिक सम्बन्धलाई देखाएको छ।

कार्टुनका पात्रहरूका बारेमा पनि जानौं न है।

म्याक्स बन्नी : म्याक्स कार्टुनको प्रमुख पात्र हुन्। उनको शरीरमा रहेको रौं सेतो रङको छ। उनी रुबीको सानो भाइ हुन्। उनी चकचके स्वभावका छन्।

रुबी बन्नी : उनी सात वर्षकी भइन्। उनको रांैको रङ सेतो छ। उनी म्याक्सकी दिदी हुन्। उनले भाइलाई आमाबुवाको जस्तै गरी माया र हेरविचार गर्छिन्।

हजुरआमा : उनकोे खैरो रङ छ। उनी म्याक्स र रुबीकी हजुरआमा हुन्।

लुइस : उनी रुबीको मिल्ने साथी हुन्। उनी सात वर्षकी भइन्।

बेबी हफिङ्टन : उनी मिस्टर र मिसेस हफिङ्टनका छोरा हुन्।

मिसेस हफिङ्टन : उनी मिस्टर हफिङ्टनकी श्रीमती र बेबी हफिङ्टनकी आमा हुन्।

भालेरी : उनी रुबीकी साथी हुन्। उनको रङ खैरो छ।

मार्था : उनी रुबीकी साथी हुन्। उनी सुनौलो रङकी छन्।

मोरिस : उनी दुई वर्षका भए। उनी म्याक्सका साथी हुन्।

क्लेरी आन्टी र नेट अंकल : उनी रुबी र म्याक्सका अंकल र आन्टी हुन्।

यीबाहेक कार्टुनमा बन्नीको स्काउट लिडर, रोगर, पियज्जा, सुपर बन्नी, क्यान्डी, मिस बन्टी, लिली, प्रिया, ओलिभर बन्नी, ग्रेस बन्नी, एन्टोनियो आदि पात्र रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.