उपचारमा खटियो सेना

उपचारमा खटियो सेना

महोत्तरी : आर्थिक अभावका कारण रोग पाल्न वाध्य सर्वसाधारणको उपचारमा नेपाली सेना खटिएको छ। वीरेन्द्र सैनिक हस्पिटलबाट औषधी, विशेषज्ञसहितको टोली लिएर सेना महोत्तरी पुगेका हो।

महोत्तरीको सीमावर्ती गाउँ खखनामा सेनाले मंसिर २७ गतेबाट वृहत निःशुल्क स्वास्थ्य शिविरको संचालन गरिरहेको छ। शिविर पुस ५ गतेसम्म चल्ने छ। नेपाली सेनाका सहायक रथी डा.देवेन्द्र बहादुर खत्रीको नेतृत्वमा विभिन्न रोगका ६० जना विशेषज्ञ डाक्टरहरु उक्त शिविरमा खटिएका छन्। ती चिकित्सकलाई २०० भन्दाबढी नेपाली सेनाका स्वास्थ्यकर्मीले सघाइरहेका छन्। 

सेनाको शिविरबाट स्वास्थ्य सेवा लिने मनिहरुको संख्या ठुलो छ। दुई दिनमा सेनाले ५ हजार १४४ जनाको ओपेडीमा जाँच गरेका छन्। पठाघर, पितथैलीले, हर्निया लगायत ४५ जानको अपरेशन गरिएको नेपाली सेनाका  सहायक रथी डा.खत्रीले जनाए। शिविर संचालन समितिका समन्वयकर्ता समेत रहेका महोत्तरी-४ का प्रतिनिधि साभाका सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र  यादवले  नौं दिने शिविरमा २० हजार विरामीको स्वास्थ्य चेकजाँच हुने बताए।

शिविरमा ५०० जना गम्भीर प्रकारका विरामीको अप्रेशनसमेत गरिने छ। समान्य खालको विरामीको शिविरमै अपरेशन भइरहेको छ भने गम्भीर अपरेशन जिल्ला अस्पताल जलेश्वरमा गरिने व्यवस्था छ। शिविर संचालन गर्न स्वास्थ्य मन्त्रालयले ७० लाख नेपाली सेनालाई प्रदान गरेको छ। 

शिविरमा महोत्तरी, धनुषा, सिरहा, सिन्धुली, सर्लाहीका विरामीलाई लक्षित गरेर उपचार, ल्याव परिक्षण एवम उपचारपछि आवश्यक  औषधी निःशुल्क वितरण गरिएको  छ। शिविरस्थलमा उपचार जडान १२ वटा मेडिकल गाडी राखिएको छ भने ५ वटा एम्बुलेन्स र बसको व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.