लोकतन्त्रमै धमिरा लाग्यो, ग्रहणले छेक्यो : कृष्ण पहाडी

लोकतन्त्रमै धमिरा लाग्यो, ग्रहणले छेक्यो : कृष्ण पहाडी

बुटवल : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले तीनवटै तहका सरकारमा संस्थागत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । विमान खरिददेखि कृषि अनुदान वितरणसम्मका घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याइनुले संगठित भ्रष्टाचार रहेको पुष्टि गरेको उनले बताए । तीन तहमा देखिएको समानता भनेकै भ्रष्टाचर रहेको उनको भनाई छ ।

संघीय, प्रदेश र स्थानीय सरकारका ‍विभिन्न निकायबाट हुने बजेट कार्यान्वयनमा करोडौ रकम हिनामिना भइरहेको उनले बताए । यसको नियन्त्रणका लागि सत्ता तथा प्रतिपक्षको कमजोर देखिएको उनको भनाइ छ ।

समाजको दाङमा सम्पन्न २२ औं परिषद् बैठकपछि आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहाडीले नेपालका राजनीतिक दल सुध्रिन नसक्दा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे ।

'के सत्तापक्ष के प्रतिपक्ष सबै उस्तै हुँदा जनतामा अविश्वास पैदा भयो, यसले राजनीतिक व्यवस्थालाई नै कमजोर बनाउँछ, 'उनले भने ।

राजनीतिक दलहरुको आचरणमा सुधार नआउँदा जनताले प्राप्त गरेको व्यवस्थामै धमिरो लाग्न थालेको उनले टिप्पणी गरे । जनतामा निराशा थपिदै गएको भन्दै उनले राजनीतिक दलले जनमनोभावना बुझ्न नसकेको बताए ।

'राजनीतिक व्यवस्थामाथि धमिरा लाग्यो, ग्रहणले छेक्यो अब यसलाई हटाउँदै संविधान कार्यान्वयनमा जुट्नुपर्छ, 'उनले भने । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दरपक्ष रहेको भन्दै उनले त्यसका लागि भ्रष्टाचार गरेर खर्च जुटाउने प्रवृति गलत भएको बताए । 

सत्तासिन दलकै नेताले यस्ता विकृति स्वीकार गर्दा पनि सुधार गर्न नसक्नु झन बिडम्बना भएको उनको भनाई छ । मुलुकले ७० वर्ष हिंसामा बिताएकाले अब शान्ति बाहेक अरु नचाएको उनले बताए । तसर्थ विप्लव नेृतत्वको नेकपा वार्तामा आएर समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ । 'विप्लव वार्तामा आउनुपर्छ, सरकारले दम्भ त्याग्नुपर्छ, उनले भने, 'दुबै पक्षलाई दुबैका कमजोरी सबै थाहा छन् । यस्तोमा विप्लवको क्रान्ति असम्भव छ ।'

पहाडीले कालापानी लिपुलेकसहितका सीमा मिचिएको विषयमा सरकारले स्वेत पत्र जारी गर्नुपर्ने बताए । प्रधानमन्त्रीले यस विषयमा छिट्टै निर्णय लिनुपर्ने उनको भनाई छ । शान्ति समाजले परिषद् बैठकबाट सीमा मिचिएको विरोधमा पुस महिनाभर विरोध कार्यक्रम चलाउने निर्णय गरेको उनले बताए ।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले भ्रष्टाचारविरुद्ध शान्ति समाजले संयमतापूर्वक विरोध अभियान चलाइरहेको बताए । लागुऔषध दुब्र्यसनी नियन्त्रण, सीमा सुरक्षा र शुसासनका पक्षमा पुस महिनाभर अभियान चल्ने उनले बताए।

वरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले प्रदेश सरकारमा मौलाएको भ्रष्टाचारले जनतामा निराशा छाएको बताए । प्रदेश ५ मा भएका गाडी घोटला र कृषि अनुदानको अनियमिततामा संलग्नलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

२२ औं परिषद् बैठकले शुसासन, लागूऔषध दुव्र्यसनी नियन्त्रण र सीमा बचाउका विषयमा दबाव मुलक अभियान चलाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.