निर्माण व्यवसायी संघमा विवाद : दुई दिनमा दुई साधरणसभा
वीरगन्ज : पर्सामा नेपाल निर्माण व्यवसायी संघको नेतृत्वको विषयलाई लिएर निर्माण व्यवसायीबीच चर्को विवाद भएको छ। संघका अध्यक्ष रमाकान्त चौरसीयको समुहले गत शुक्रबार वीरगन्जमा संघको १६ औं साधरणसभा तथा ११ औं अधिवेशन आयोजना गर्यो। तर, संघका पदाधिकारी र सदस्यहरुले अध्यक्षको कार्यशैलीप्रति विरोध गर्दै बहिष्कार गरेपछि अधिवेशन स्थगीत भएको हो।
असन्तुष्ट संघका प्रथम उपाध्यक्ष दिवकार पटेल सहितका बहुसंख्यक पदाधिकारी र सदस्यको समुहले आइतबार फेरि छुट्टै साधरणसभा गरेपछि संघभित्रको विवाद छताछुल्ल भएको छ। संघका अध्यक्ष चौरसीया र महासचिव सुरेश पटेलले अनियमित किसिमले सदस्यता वितरण गरेको, संघको बजेटमा अनियमितता गरेको, संस्थाको नविकरण नै नगरको भन्दै असन्तुष्ट पदाधिकारी र सदस्यले आइतबार छुटटै साधरणसभा गरेका छन्।
आइतबार वीरगन्जको पार्टी प्यालेशमा आयोजित साधरणसभामा सहभागी संघका बहुसंख्यक पदाधिकारी र सदस्यहरुले अध्यक्ष चौरसीया र महासचिव दुई जनाले संघको विधान विपरित एकलौटी गरेकाले छुटटै साधरणसभा गर्नु परेको बताए। संघका प्रथम वरिष्ठ उपाध्यक्ष दिवाकर पटेलले अध्यक्ष चौरसियाले संघको विधान विपरित छुट्टै संघ चलाउने धम्की दिँदै एकलौटी ढंगले शुक्रबार सधारणसभा गरेको बताए।
अध्यक्षको कार्यशैली नेतृत्वबाट असन्तुष्ट बहुमत सदस्यको छुट्टै बसेको भेलाको निर्णय अनुसार आइतबार आफ्नो अध्यक्षतामा साधरणसभा सम्पन्न गरिएको पटेलले जानकारी दिए। संघका निवर्तमान अध्यक्ष मोहन यादवले अध्यक्ष चौरसीया र महासचिव पटेल दुइ जनाको मात्रै अगुवाइमा शुक्रबार भएको सधारणसभा अवैधानिक भएको जिकिर गरे।
‘१६ सदस्यीय कार्यसमितिमा अध्यक्ष र महासचिव मात्रै एकातिर छन्, बाँकी १४ जना हामीसँग छन्, संघमा आवद्ध बहुसंख्यक निर्माण व्यवसायी पनि नेतृत्व प्रति असन्तुष्ट छन् , उनिहरु सबैको सहभागीतामा आइतवार साधरणसभा गरिएको हो।
प्रतिक्रिया दिनुहोस !