वडाध्यक्ष छुटाउन नगरपालिका बन्द

वडाध्यक्ष छुटाउन नगरपालिका बन्द

राजविराज : बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई छुटाउन बुधबारबाट शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पारिएको छ। पक्राउ परेका शम्भुनाथ नगरपालिका १२ का वडा अध्यक्ष लक्ष्मी साहको रिहाईको एक सुत्रीय माग राखी नगरपालिका कार्यालय, मातहत वडा कार्यालय र विषयगत कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको नगर प्रमुख योगेन्द्रप्रसाद चौधरीले बताए ।

नगर प्रमुख चौधरीले भने, 'झुठा मुद्दा लगाई प्रहरीले कारवाही अगाडि बढाएको विरोधमा निर्दोष वडा अध्यक्ष साह रिहा नभएसम्म नगरपालिका र मातहतका सबै कार्यालयहरु बन्द गरेका हौं।'

गैरकानुनी कार्यमा सहयोग नगर्दा व्यक्तिगत रिसइबीका कारण महिलाले वडा अध्यक्षविरुद्ध झुठो उजुरी दर्ता गराई चरित्र हत्या गरेको वडा नम्बर ८ का अध्यक्ष लक्ष्मीकान्त चौधरीले बताए । 

यौन दुव्र्यवहारको उजुरी दर्ता गरी सप्तरी प्रहरीले वडा अध्यक्ष साहसहित सोही ठाउँका अनीलकुमार राय अमात र नसिम मियाँलाई आठ दिन अघि (गएको मङ्गलबार) पक्राउ गरी कारवाही अघि बढाएको छ ।

गाउँमा उत्पन्न विवाद पञ्चेती (छलफल) गरी मिलाइ दिने प्रलोभन दिइ गत मङ्सिर १२ गते ३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वडा अध्यक्ष साहसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईले बताए ।

उजुरीकर्ता महिलाको १६ वर्षीय छोरा र २३ वर्षीया विवाहिता महिलाको विवाह गर्नुपर्ने गाउँलेको दबाब अस्विकार गर्दै आएकोमा आरोपितले छलफलका लागि भनेर बोलाएर बलात्कार गर्न खोजेको पीडितको आरोप छ ।

नसिमले स.१०प २५८३ नम्बरको मोटरसाइकलमा चढाई घर नलगी एकान्त चौरमा लगेको, अनीलले वडा अध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएको र वडा अध्यक्षले बलात्कार प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ ।
 
छोराको विवाह गर्नुपर्ने दबाब र सो समस्या मिलाइ दिने भन्दै त्यसवापत जबरजस्ती सम्बन्ध राख्न खोजेपछि प्रतिकार गर्दा वडा अध्यक्षले ज्यान मार्ने धम्की दिएको महिलाले बताएकी छिन् ।

राजनैतिक प्रतिशोधको भावनाले नियोजित तरिकाले महिला परिचालन गरी फसाँइएको दावी नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवको छ । सभापति यादवले झुठो उजुरीकै आधारमा सत्यतथ्य छानबिन नगरी मुद्दा दर्ता गर्नुलाई प्रहरीको गैरजिम्मेवारपूर्ण कार्य भनेका छन् ।

नेपाली कांग्रेसले वडा अध्यक्ष साहसहित तीनजना निर्दोष रहेको भन्दै गत शुक्रबार राजविराजमा जुलुस प्रदर्शन गरेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

यसैगरी सप्तरीको विभिन्न स्थानीय तहका प्रमुख तथा नेकपा, कांग्रेस, समाजवादी पार्टी र राजपा नेपालले झुठा मुद्दा फिर्ता गरी थुनामा राखिएका निर्वाचित जनप्रतिनिधिलाई ससम्मान रिहा गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् । 

उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै उजुरी फिर्ता लिई अविलम्ब रिहा गर्न माग गरेका छन् । नगरपालिकाको बन्द घोषणाले कर्मचारी हाजिर गरेर घर फर्किएका छन् । शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालिन बन्द गरिएको छ। सेवाहरु ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.