'दुई महिलाले अस्वीकार गरेपछि तेस्रो घरमा गएर बलात्कार गरेँ'

'दुई महिलाले अस्वीकार गरेपछि तेस्रो घरमा गएर बलात्कार गरेँ'

रुकुम पश्चिम : एकै दिन तीन महिलालाई जवरजस्ती करणी गरेको भन्दै एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्लाको आठविसको नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसीले पुरुष नभएको घरमा गएर जवरजस्ती करणी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका केशवले मंसिर २७ गते राति करिब १ बजे श्रीमान घरमा नभएकी स्थानीय ४० वर्षीया महिला, करिब साढे १ बजे अर्की ४५ वर्षीया एकल महिलालाई जवरजस्ती करणीको प्रयास गरेका थिए। 

दुई महिलामाथिको प्रयास असफल भएपछि उनले राति करिब २ बजे घरमा सुतिरहेकी अर्की ४० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए। 

दुई महिलालाई बलात्कारको प्रयासमा प्रतिकार भएपछि तेस्रो घरमा गएर जवरजस्ती करणी गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। ढोकाको खापबाट हात छिराई काठको खुटी (चुक्कुल) निकालेर उनी भित्र प्रवेश गरी प्रतिकार गर्दा पनि जवरजस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पीडित तीनै जनाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।

पीडितको निवेदनको आधारमा केशवलाई मंसिर ३० गते बेलुका नगरपालिका–९ राडी बजारमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले बताए। 

केशवविरुद्ध जवरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भएको छ। जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.