कोरियाबाट फर्केर तरकारीखेती

कोरियाबाट फर्केर तरकारीखेती

तरकारीखेती विस्तार गरेर यसलाई नमुना फर्मका रूपमा विकास गरिने।


बैतडी : बैतडीको पाटन नगरपालिका ९ का मोहन बिजल ५ वर्ष कोरिया बसे। उनले त्यहाँ बस्दा कृषि क्षेत्रमै काम गरे। काम गर्दागर्दै उनले स्वदेशमा फर्केपछि तरकारीखेती गर्ने अठोट गरिसकेका थिए।

सोही ठाउँका सुरेन्द्र भण्डारी पनि १० वर्ष कोरियामै काम गरे। उनले पनि त्यहाँ कृषि क्षेत्रमै काम गर्थे। कोरिया बस्दा आनो गाउँमा फर्केपछि व्यावसायिक तरकारीखेती गर्ने उनको सपना पनि साकार हुन थालेको छ।

कोरियाबाट फर्केका यी दुई युवाको नेतृत्वमा पाटन नगरपालिका ९ का ५ युवाले सामूहिक तरकारीखेती सुरु गरेका छन्। त्यो समूहमा पाटन नगरपालिका ९ का वडा अध्यक्ष लोकबहादुर भण्डारी पनि सहभागी छन्।

स्थानीयको करिब ५० रोपनी जमिन भाडामा लिएर तरकारीखेती सुरु गरेको युवा व्यवसायी किसान बिजलले बताए। उनले भने, ‘हामी दुईजना कोरिया काम गरेर फर्केका छौं। वडा अध्यक्षसहित ३ जना अरुले पनि लगानी गर्नुभएको छ। हामीले सुरुमा १० लाखको लगानी गरेर व्यावसायिक तरकारीखेती सुरु गरेका छौं।’

कोरिया बस्दा आफूले कृषि क्षेत्रमै काम गरेको र त्यो सीपलाई आफ्नै गाउँमा प्रयोग गर्न व्यावसायिक तरकारीखेती सुरु गरेको बिजलेले बताए। उनले भने, ‘हामीले कोरिया सिकेको सीप गाउँमा प्रयोग गर्छौं। तरकारीखेतीबाट आत्मनिर्भर बन्न सकिने उदाहरण दिनेछौं।’

भाडामा लिएको जमिनमा पहिलो चरणमा १० क्विन्टल लसुन, १० क्विन्टल आलु र १ लाख बोट प्याज रोप्ने तयारी गरिएको व्यवसायी सुरेन्द्र भण्डारीले बताए। उनले भने, ‘स्वदेशमै कृषिमार्फत जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले हामी व्यावसायिक तरकारीखेतीमा लागेका हौं। अहिले ५ जना मिलेर काम गरिरहेका छौं। भविष्यमा यसलाई कृषि फर्मको रूपमा अघि बढाउने तयारी गरेका छौं।’

नेताले पनि काम गर्छन् भन्ने सन्देश दिन आफू पनि युवा किसानको समूहमा आबद्ध भएको पाटन नगरपालिका ९ का अध्यक्ष लोकबहादुर भण्डारीले बताए। उनले भने, ‘युवाले सुरु गरेको व्यावसायिक तरकारीखेतीमा मैले पनि लगानी गरेको छु। म आफैं प्रत्येक्ष रूपमा बारीमा जाने तयारी गरेको छु।’

युवाले सुरु गरेको तरकारीखेतीमा तीनजना कामदारसमेत राखिएका छन्। ‘हामीले तीन जनालाई रोजगारी पनि दिएका छौं। तरकारीखेतीलाई विस्तार गरेर यसलाई नमुना फर्मका रूपमा विकास गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.