न्यायाधीशकी अंगरक्षकको पेस्तोल चोर्ने ‘ब्वाइफ्रेन्ड’ पक्राउ
काठमाडौ : न्यायाधीशका सुरक्षाकर्मीको पेस्तोल चोरेर फराए व्यक्ति पक्राउ परेका छन्।
जनकपुर उच्च अदालतका न्यायाधीश शकुन्तला घिमिरेकी अंगरक्षक रंजीता भनिने रनिता कुमारी केवटको हतियार चोरीमा संलग्न उनका ‘ब्वाइफ्रेन्ड’ सिवेन्द्र यादव पक्राउ परेका हुन्।
यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले जनकपुरधाम उप-महानगरपालिका-४ स्थित कुवारामपुरबाट नियन्त्रणमा लिएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए। झोलामा लुकाई राखेको चाइनिज पेस्तोल र सात राउन्ड गोली प्रहरीले बरामद गरेको हो।
प्रहरी जवान केवट र उनका प्रेमी केवटको घर नवलपरासीको रामग्राम नगरपालिकास्थित परासी बजारमा छ। जनकपुरधाम उपमहानगरपालिका-४ मा प्रहरी जवान रंजिता बस्दैं आएकी थिइन्।
प्रहरी उच्च स्रोतका अनुसार, प्रहरी जवान केवटका प्रेमी सोमबार उनको कोठामा आएका थिए। प्रेमीसँग त्यो साँझ उनको विवाद भएको थियो। त्यस पश्चात साँझ साँढे सात बजे प्रेमी हिड्दा प्रहरी जवान केवटको पेस्तोल लिएर गएको खुलेको छ।
प्रतिक्रिया दिनुहोस !