करार डाक्टरका भरमा जिल्ला अस्पताल

करार डाक्टरका भरमा जिल्ला अस्पताल

बैतडी : जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ। नवौं तहका एकजना र आठौं तहका दुई डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले करारका डाक्टरको भरमा सञ्चालन भइरहेको छ। जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञसमेत रहेका डाक्टर जगदीशचन्द्र विष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो। 

दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। ‘मलाई आर्थिक अधिकारसमेत दिइएको छैन्। यसले गर्दा अस्पतालको समान्य प्रशासनिक काम सञ्चालनमासमेत बाधा पुगेको छ।’ तत्काल खरिद गर्नुपर्ने सामग्रीसमेत खरिद गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ। जसले अस्पतालको सेवामासमेत बाधा पुगेको उनले बताए। 

करारका डाक्टरलाई आर्थिक अधिकार नदिँदा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको डाक्टर जोशीले बताए। 

अस्पतालको प्रसूतिसेवासमेत करारका डाक्टरकै भरमा सञ्चालनमा रहेको छ। अप्रेशन गरेर बच्चा जन्माउने सुविधा भएपनि दरबन्दीका विशेषज्ञ डाक्टर नहुँदा समस्या छ। ‘अस्पतालमा कार्यरत डाक्टर देवेन्द्र लेखकले तालिम लिएर अप्रेशन गरेर बच्चा जन्माउने सेवा दिइरहनुभएको छ। तर उहाँको करार अवधि पनि तीन महिना मात्रै बाँकी छ,’ डाक्टर जोशीले भने, ‘अस्पतालमा दरबन्दी अनुसारका चिकित्स पठाउन सरकारले ढिलो गर्नुहुँदैन्।’

यस्तै जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भएपनि सबै दरबन्दी रिक्त छन्। दरबन्दीका स्टाफ नर्स नहुँदा करारका स्टाफ नर्सले सेवा प्रवाह गरिरहेका छन्। ‘नर्सिङ स्टाफ पनि सबै करारकै छन्। दरबन्दीका एकजना पनि छैनन्। यसले गर्दा प्रसूति सेवा प्रवाहमासमेत समस्या हुने गरेको छ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर छैनन्
जिल्ला तल्लोसोराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पनि डाक्टर छैनन्। डाक्टर नभएको ६ मिहना बितिसक्दा पनि दरबन्दी पुर्ति भएको छैन। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम लगायतका सेवाहरु प्रभावित भएको मेलौली नगरपालिका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए। 

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, इसीजी मेसिन भएपनि डाक्टरको अभावमा सबै प्रयोगविहिन भएका छन्। ‘१६ वर्षमा हामीले लगभग दुई वर्षसम्म चिकित्सकको सेवा पायौं। तर फेरि हामीले उपचारका लागि भारत जानुपर्ने बाध्यता आइलागेको छ’, मेलौलीका स्थानीय लक्ष्मण पार्कीले भने, ‘संघीयतापछि स्वास्थ्य सेवामा समस्या देखिएको छ। गाउँका स्वास्थ्यचौकीहरुमा समेत स्वास्थ्यकर्मीको अभाव छ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.