युरोपमा भ्रमण वर्ष प्रवर्द्धन

युरोपमा भ्रमण वर्ष प्रवर्द्धन

पेरिस : नेपाल पर्यटन वर्ष–२०२० प्रवर्द्धन गर्न युरोपमा कार्यक्रम गरिएको छ। भ्रमण वर्ष नजिकिँदै जाँदा युरोपस्थित नेपाली दूतावास पनि जुर्मुरायका छन्। सरकारले आफू मातहतका निकाय र दूतावासलाई यस मामिलामा सक्रिय पार्दै लक्ष्य तोकेको छ। युरोपस्थित विभिन्न दूतावासले यस अवसरमा पर्यटन प्रवर्द्धनको योजना बुन्दै छन्।

कतिपयले यस अघि नै केही सुरुवात गरे भने धेरै अब काम थाल्ने सुनाए। नेपालमा पर्यटक बढ्दै गरेको नेदरल्यान्ड र गुणस्तरीय पर्यटक जाने ठानिएको बेल्जियम क्षेत्रबाट पर्यटक बढाउन दूतावासले केही दिनमा विभिन्नस्थलगत कार्यक्रम गर्दै छन्। युरोपका ठूला मेला महोत्सवमा पनि देशको चिनारी राख्ने योजना उनीहरूले सुनाए।

नेदरल्यान्ड र लम्जम्बर्गसमेत हेर्ने र युरोपेली महासंघ (ईयू)का लागि बेल्जियमस्थित नेपाली दूतावासले यसको तयारी अघि बढाएको छ। ‘युरोपमा नयाँ वर्ष र क्रिसमस आसपास लाग्ने पर्यटन मेलाका दर्शकमाझ देशको ब्रान्डिङ गर्ने हाम्रो प्राथमिकतामा छ’, राजदूत लोकबहादुर थापाले भने, ’त्यसले सरकारी लक्ष्य पूरा गर्न सघाउने विश्वास छ।’ मेला र महोत्सवका अलावा दूतावासको ध्यान स्थानीय सार्वजनिक यातायात र अरु माध्यममा पनि प्रचार गर्ने रहेको पनि उनले बताए। ‘यहाँका बस र सार्वजनिक ठाउँमा प्रचार सामग्री पु¥याउनेबारे पनि सोचिरहेका छौं’, राजदूत थापाले भने। हुनत पहिला पनि यस्ता प्रयास भएका थिए। तर, त्यसले निरन्तरता पाउन नसकेको दूतावास अन्य अधिकारीले सुनाए।

यस्ता कार्यक्रममा दूतावासले विदेशमा रहेका गैरआवासीय नेपाली तथा स्थानीय समुदायको साथ खोजेको छ। ‘हामीले एनआरएन र अरु नेपाली समुदायसँग सहकार्य गरेर कार्यक्रमको खाका तयार पारेका छौं’, उनले भने,‘सबै मिलेर कार्यक्रम गर्न सके प्रभावकारी नतिजा आउन सक्छ।’ फ्रान्सस्थित नेपाली दूतावास पनि कार्यक्रम तर्जुमाको अन्तिम तयारीमा छ। राजदूत दीपक अधिकारी अन्तिम गृहकार्य भइरहेको बताउँछन्। युरोपमा पछिल्लो समय करिअरबाट सेवा निबृत्त भएका नै राजदूतका रूपमा पुगेका छन्। उनीहरू सेवाबाट थाकिसकेकाले पनि बढी सक्रियता देखाउन सहज भने छैन।

अझै करिअर भएका युरोपमा बढी सक्रिय छन भने करिअर सकिएको र पुरस्कार स्वरुप पाएका सक्रिय देखिएका छैनन। डेनमार्क र स्पेनमा राजनीतिक नियुक्ति छ भने अन्य स्थान, फ्रान्स, जर्मनी र रसियामा सेवा निबृत्त छन। बेलायत, बेल्जियम र स्विजरल्याण्डमा करिअर बाँकी भएका कार्यरत छन।

दूतावास र गैरआसीय नेपालीसँगै आफ्नो लक्ष्य पूरा गर्न पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत सक्दो जोड दिएकै कारण दूतावासले पनि लक्ष्य पूरा गर्न त्यहाँका स्थानीय संघ संस्थाको परिचालनको नीति बनाएको हो। रोजगारीका अलावा व्यापार र अरु सेवाका क्षेत्रमा पनि संलग्न नेपाली डायस्पोराले सरकारलाई स्वतस्फूर्त सघाउने घोषणा गरेका छन्। नेपाल बाहिर रहेका नेपाली गैरआवासीयको साझा संस्था एन आरएनएले युरोपभर नै सर्कुलर गरेको छ। दूतावासका कार्यक्रममा सघाउनुका अलवा उनीहरूले आफ्नै हिसाबले पनि कार्यक्रमको खाका तयार पारेका छन्। गैरआवासीय नेपाली संघ एनआरएनका युरोप संयोजक नारायण आचार्य देशकै कार्यकम सफल पार्नु आफूहरूको उद्देश्य भएको बताउँछन्। ‘भ्रमणवर्ष सरकारको मात्र नभएर हाम्रो पनि कार्यक्रम हो’, उनले भने, ‘हामीले युरोप भर दूतावाससँग मिलेर पर्यटन प्रवर्द्धनका कार्यक्रम तयार पार्दै छौं।’

उनले एनआरएन ले नै यसका लागि समन्वय गर्ने जिम्मेवारी दिएकाले युरोप भरी समन्वय गरिरहेको बताए। फ्रान्सस्थित एनआरएन वरिष्ठ उपाध्यक्ष गीता खनाल आफूहरूले वर्षभर पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्ने बताइन्। देशले गरेको तयारी नपुगेको भनेर बेला बखत आलोचना पनि सुनिन्छ। केही देशमा तयारी प्रशस्त भए पनि कतै असन्तोषका स्वर पनि सुनिएको छ। तर नेपाली समुदाय सरकारको होस्टेमा हैंसे गर्ने बताउँछन्।’ हाम्रा तिर सरकारले नेपाली समुदायलाई कम सम्झेको छ, जर्मनीका रेस्टुरेन्ट व्यवसायी सुरेन्द्र प्रधान भन्छन्’ ‘तर पनि हाम्रो पसल र व्यवसायबाट सघाइरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.