बैतडीमा महिला हिंसा बढ्दै
बैतडी : महिलामाथि हुने हिंसा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार वर्ष पुस्तक समीक्षा कार्यक्रममा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको बताएको हो ।
महिलामाथि जबरजस्तीकरणीका साथै आत्महत्या गर्न बाध्य बनाएका घटनामा पनि जिल्लामा भएका इन्सेकको प्रतिवेदनले देखाएको छ ।
सन् २०१९ मा भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गर्दै इन्सकेले बैतडीमा बोक्सीको आरोपमा महिलामाथि कुटपीट भएको घटना समेत बाहिर ल्याएको छ ।
यस्तै ४ महिलामाथि बलात्कार गरिएको, २ महिलालाई आत्महत्या गर्न बाध्य बनाएको, ३ जनामाथि कुटपीट भएको र ३ जना बहुविवाहका कारण हिंसामा परेको इन्सेकले उल्लेख गरेको छ । यस्तै ८ बालिका बलत्कृत भएको, एक बालिकाको अपहरण गरी हत्या गरिएको इन्सकेले मानव अधिकार वर्ष पुस्तकमा उल्लेख गरेको छ ।
जिल्लामा बालविवाहको समस्या पनि जटील बन्दै गएको इन्सेकका प्रतिनिधि नरी बडुले जानकारी दिए । उनले भने ‘बालविवाह जटील समस्याको रुपमा देखिएको छ । पछिल्लो समयमा भागेर जाने प्रवृति पनि बढ्दै गएको छ । यसले गर्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।’
महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहे पनि हिंसामा अझै कमी आउन सकेको छैन। ‘महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि हामीले सरकारीस्तरबाट पनि पहल गरिरहेका छौं । हिंसा गर्नेलाई कानुन अनुसार कारवाही हुन्छ’, प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने, ‘हिंसा सहेर बस्नु हुन्न भन्ने भावनाको सबैमा विकास हुन जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस !