वडा कार्यालयमा तोडफोड र चोरी
बैतडी : बैतडीको मेलौली नगरपालिकाका ७ को कार्यालयमा मंगलबार राती तोडफोड र चोरी भएको छ । अज्ञात समूहले वडा कार्यालयमा तोडफोड र चोरी गरेको प्रहरीले जनाएको छ।वडा कार्यालयको मूल ढोकाको ताल्चा तोडेर भित्र रहेको १ थान कम्प्युटर चोरी भएको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी सहायक निरीक्षक जयलाल ऐरले जानकारी दिए।
कार्यालयको कागजपत्र रहेका २ दराजको पनि ताल्चा फुटालेर क्षति पुर्याएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वडा कार्यालयमा तोडफोड र चोरी भएपछि कार्यालयको काम प्रभावित भएको वडा अध्यक्ष राजेन्द्र कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस !
४