बुहारी हत्या गर्ने जेठाजु पक्राउ
जनकपुरधाम : बुहारीलाई खुकुरी प्रहार गरी हत्या गर्ने जेठाजुलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। धनुषाको मिथिलानगरपालिका ९ बडहरी रेडक्रस नजिकै आँपको बगैंचामा बुहारीलाई धरिलो हतियार खुकुरी (दबियाँ) प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् ।
धनुषाको जनकपुरधामउप–महानगरपालिका वडा नं. २१ कुर्था बस्ने ३९ वर्षिया रानी देवीपजियारलाई धरिलो हतियार प्रहार गरी जेठाजु श्रीप्रसाद पजियारले हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पजियारलाई जनकपुरधाम १ स्थित रेल्वे स्टेशनबाट पक्राउ गरेको हो ।
बुधवार अढाई बजेको समयमारानीलाई जेठाजु श्री प्रसादपजियारले खुकुरी प्रहार गरी टाउँको, नाक र बायाँ, हात, औला सहितकाभाग काटेका थिए। सख्त घाइते रानीलाई उपचारको लागिलालगढस्थित मोडे अस्पताल लगिएपनि उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल ल्याइएको थियो।
महिलाले घाइते अवस्थामै जेठाजु श्री प्रसादपजियारले खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको बयान दिएकी थिइन्। उपचारकै क्रममा रानीको बुधवार दिउँसो साढे ४ बजे प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको थियो । पक्राउ परेको पजियारलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान थालिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस !