शिक्षिकालाई हाजिरी लगाउन दिइएन

शिक्षिकालाई हाजिरी लगाउन दिइएन

बैतडी : जिल्लाको पुर्चौंडी नगरपालिका ४ स्थित पहरौल मावि बागा भटनाले नगरपालिकाले पदस्थापन गरेको शिक्षिकालाई हाजिरी लगाउन रोक लगाएको छ। शिक्षक सेवा आयोगबाट पास भएर आधारभूत तहको शिक्षकमा सिफारिश भएकी अम्बिका जोशीलाई विद्यालयले हाजिरी लगाउनमा रोक लगाएको हो। 

नगरपालिकाले पहरौल मावि बागामा पदस्थापन गरेको भए पनि विद्यालयमा हाजिरी लगाउन नदिएको शिक्षिका जोशीले गुनासो गरिन्। ‘म त्यहाँको स्थानीय महिला हुँ। मैले शिक्षक सेवा आयोग पास गरेर नगरपालिकाले मलाई पदस्थापन गरेको हो तर मलाई राजनैनतिक प्रतिसोधका आधारमा हाजिर लगाउन दिइएको छैन।’, उनले भनिन्,‘विद्यालयमा हाजिर लगाउन नदिएपछि म सदरमुकाम पुगेकी छु। शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क गर्छु। त्यताबाट के भन्छन् सोही अनुसार अघि बढ्छु।’

आधारभूत तहको दरबन्दी खाली भएर नगरपालिकाले पदस्थापन गरेको तर विद्यालयले हाजिरी लगाउन नदिएको उनले बताइन्। उनले भनिन्, ‘नगरपालिकाबाट पौष ६ गते नियुक्ती बुझेर पत्र सहित विद्यालय पुगेकी हुँ। तर मलाई हाजिर नै लगाउन दिइएन्।’

यो विषयमा पुर्चौंडी नगरपालिकाका शिक्षा संयोजक दिनेश नगारीले आफूहरूले मापदण्ड अनुसार शिक्षकहरूको पदस्थापन गरेकाले हाजिरी लगाउन दिनुपर्ने बताए। उनले भने, ‘शिक्षक पदस्थापन निर्देशिका अनुसार उहाँलाई पहरौल माविमा सिफारिश गरिएको हो। विद्यालयले हाजिर लगाउन दिनुपर्छ।’

विद्यालयका प्रधानाध्यापक प्रताप धानुकले आफूहरूले नगरपालिकामा अंग्रेजी शिक्षकको माग गरेकाले त्यो माग पूरा नहुँदासम्म नयाँ शिक्षकलाई हाजिरी लगाउन नदिने निर्णय भएको बताए। उनले भने, ‘हामीले नगरपालिकासंग शिक्षक पदस्थापन गर्न अघि नै हाम्रो माग पूरा गर्न आग्रह गरेका थियौं। माग पूरा नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको हो।’

शिक्षक सेवा आयोगबाट सिफारिश भएका शिक्षकहरूलाई निर्वाध रुपमा विद्यालयले हाजिरी लगाउन दिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले बताए। ‘शिक्षा ऐनमै आयोगबाट सिफारिश भएर पदस्थापन भएका शिक्षकहरूलाई हाजिरी लगाउन दिने, त्यसको व्यवस्थापन मिलाउने काम विद्यालय व्यवस्थापन समितिको हो। शिक्षिकालाई हाजिरी लगाउन नदिनु गैरकानुनी कार्य हो’, उनले भने। 

 
पहरौल माविले शिक्षकलाई हाजिर लगाउन नदिने निर्णय गरेको सूचना।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.