बलात्कारीको फर्जी जन्मदर्ता बनाउने वडा सचिव पक्राउ

बलात्कारीको फर्जी जन्मदर्ता बनाउने वडा सचिव पक्राउ

वीरगन्ज : विवाहित महिलालई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभियुक्तको उमेर घटाएर फर्जी जन्मदर्ताको प्रमाण पत्र बनाउने कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-५ का वडा सचिव प्रभु पडित रहेका छन्।

गत कात्तिक ७ गते पचरौता नगरपालिका-५ की ३३ वर्षीया महिलालाई सोही वडाका १८ वर्षीय सोहन भनिने जितेन्द्र महत्तो नुनियाले बाटो छेकेर वडा नम्बर ४ को बगैंचामा लगेर बलात्कार गरेका थिए। 

घटनाका बारेमा पिडित पक्षले जानकारी गराएपछि प्रहरीले फरार रहेका नुनियालाई मंसिर ५ गते पक्राउ गरेको थियो।

प्रहरीले जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्धा दर्ता गरी बारा जिल्ला अदालतमा पेश गरेपछि अदालतले पुष १ गते पुर्पक्षको लागि जेल चलानको आदेश दिएको थियो। नुनिया हाल वीरगन्ज कारागारमा छन्। 

उक्त घटनामा अभियुक्तलाई फाइदा तथा पिडितलाई हानी, नोक्सानी पुर्याउने नियतले वडासचिव पडितले २०५८ सालमा जन्म भएका अभियुक्त नुनियाको २०६० सालमा जन्म भएको भनी किर्ते जन्मदर्ताको प्रमाणपत्र बनाएर दिएको भन्दै पिडित पक्षले प्रहरीमा उजुरी दिएका थिए। 
 
त्यहि उजुरीको आधारमा प्रहरीले वडा सचिव नुनियालाई बुधबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका वडा सचिव महतोलाई बारा जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.