सुटुक्क फर्काइए यौन दुराचारी अमेरिकी

सुटुक्क फर्काइए यौन दुराचारी अमेरिकी

काठमाडौं : इन्टरपोलको सूचनामा पक्राउ परेका एक यौन दुराचारी अमेरिकीलाई सुटुक्क फर्काइएको छ। पर्यटक भिसामा नेपाल प्रवेश गर्न खोज्ने अमेरिकी प्रियांग द्वारकादास गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका थिए। उनलाई अध्यागमन विभागले मंगलबार उतै फर्काएको हो।

उनी नेपाल आउँदै गरेको सूचना नेपालस्थित इन्टरपोलले अध्यागमन विभागलाई दिएको थियो। विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले यौन दुराचार आरोपमा सजाय भोगिसकेका द्वारकादासलाई फिर्ता पठाइएको पुष्टि गरे। द्वारकादासलाई अमेरिकी अदालतले यौन दुराचारमा दोषी ठहर गरेको थियो। सोही अभियोगमा उनले केही समय जेल सजाय भोगेका थिए।

इन्टरपोलले उनी नेपाल प्रवेश गरेको र फर्किएको विवरण मात्र मागेको थियो। तर, अध्यागमनका अधिकारीले उनलाई पक्राउ गरेको थियो। यौन दुराचारको अभियोग लागेका अमेरिकी नागरिक नेपाल पस्न पाउँदैनन्। विभागले २०७४ भदौ ५ मा महानिर्देशकस्तरीय निर्णय गर्दै अमेरिकी राहदानीको पछिल्लो पृष्ठमा ‘यौन दुराचारमा दोषी ठह¥याइएको’ लेखिए त्यस्ता अमेरिकीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन भनेको थियो।

विभागले त्यस्तो लेखिएको राहदानीवाहक अमेरिकीलाई अध्यागमन नाकाहरूबाट तत्काल फिर्ता गर्न पनि भनेको थियो। अमेरिकास्थित डिपार्टमेन्ट अफ स्टेटअन्तर्गतको कन्सुलर ब्युरोको अनुरोधमा २०७४ भदौमा विभागले यौन दुराचारी अमेरिकीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। लगत्तै विभागले सबै अध्यागमन कार्यालय र नाकामा सोबारे परिपत्र गरेको थियो। पक्राउ परेका अमेरिकी नागरिक द्वारकादासको राहदानीको पछिल्लो भागमा सोही विषय लेखिएको थियो।

पक्राउ परेलगत्तै फिर्ता (इन्ट्री रिफ्युज्ड) पठाउनुपर्नेमा अध्यागमन अधिकारीले थप अनुसन्धानका लागि उनलाई विभागमा पठाएका थिए। अमेरिकी नागरिक द्वारकादास ५९६६३७०९४ नम्बरको राहदानीमा नेपाल आएका थिए। नेपाल प्रवेश गर्नुअघि नै वासिङटन डीसीस्थित इन्टरपोलको कार्यालयले उनी काठमाडांै आउँदै गरेको सूचना काठमाडौं इन्टरपोल कार्यालयलाई दिएको थियो। सोहीबमोजिम ती व्यक्तिको निगरानी गर्न काठमाडौं इन्टरपोल कार्यालयले अध्यागमनमा पत्राचार गरेको थियो।

द्वारकादास नेपाल आउने सूचना पाएसँगै त्यस्तै प्रकृतिका सम्भावित घटना नदोहोरियोस् भनेर नेपाल प्रहरीको मावन बेचबिखन अनुसन्धान ब्युरोले उनको निगरानी गर्ने तयारी गरेको थियो। उनले न्युयोर्कस्थित नेपाली दूतावासबाट १५ दिनको पर्यटक भिसा लिएका थिए। उनको पुस ७ देखि पुस १६ सम्म नेपाल बस्ने योजना थियो। उनी भारतीय मूलका अमेरिकी नागरिक रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.