प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६० अंकले घट्यो
काठमाडौं : सेयर कारोबार साता पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ३.६० अंकले घटेर २७२०.४३ विन्दुमा अडिएको हो।
५८ वटा स्क्रिप्सको ३३ हजार ९७ वटा कित्ता सेयर २१ करोड ७ लाख ७८ हजार ३१३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्टक्समध्ये २३ वटाको मूल्य बढ्दा ३१ वटाको घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !