सुन-चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं: आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मुल्य २ लाख ९२ हजार रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार यसदिन चाँदीको मूल्य पनि बढेको छ। ५५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार सोही परिमाणको चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !