मेलौली नगरपालिका सबै वडा सचिव बिहिन

मेलौली नगरपालिका सबै वडा सचिव बिहिन

बैतडी : मेलौली नगरपालिकाका ९ वटै वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ। वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए। 

‘कुनैपनि वडामा सचिव छैनन्। वडामा सचिव नहुँदा प्राविधिक सहायक खटाएर जेनतेन काम गरिरहेका छौं। सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ’, उनले भने, ‘वडा तहमा मात्रै होइन्। नगरपालिकामा पनि कर्मचारीको अभाव छ। पञ्जिकरणको काम एकजनाले नगरपालिकाबाटै गनुपर्ने बाध्यता छ।’

पञ्जिकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार भएकाले एकजनाले नगरपालिकामै बसेर ९ वटै वडाको काम गर्नुपर्ने बाध्यता रही आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।

स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए। ‘हामी जनप्रतिनिधि आएदेखि कर्मचारीको अभाव झेलिरहेका छौं। कर्मचारी नहुँदा सेवाग्राहीले सोचे अनुसार सेवा पाउन सकेका छैनन्’, उनले भने, ‘नगरपालिकाले गर्नुपर्ने काम पनि समयमा गर्न अप्ठ्यारो भएको छ। कर्मचारीकै अभावमा वडा तहका सेवा र नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ।’

सचिव नहुँदा स्थानीय आक्रोशित भएका छन् । ‘गाउँगाउँमा सिंहदरबार आयो भन्थे। वडामा सचिव छैनन्। स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी छैनन्। शिक्षाका कार्यक्रम लथालिंग छन्। कस्तो संघीयता आएको हो ?’, मेलौलीका स्थानीय केशवसिंह भाटले प्रश्न गर्दै भने, ‘स्थानीय सरकारलाई अधिकार दिइयो। तर कर्मचारी नै छैनन्। सानो कामका लागि कति दौडधुप गर्ने ?’

वडा तहमा कर्मचारी नहुँदा प्रत्येक सेवाका लागि नगरपालिका धाउनुपर्ने बाध्यता आएको मेलौली-१ का लक्ष्मण पार्कीले बताए। ‘हामीले हरेक कामका लागि नगरपालिकाको मुकाम धाउनुपर्ने बाध्यता छ’, उनले भने, ‘वडाबाट पाउने सेवाका लागि हामीलाई सकस छ।’   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.