नेपालमा लगानी गर्न चिनियाँ इच्छुक

नेपालमा लगानी गर्न चिनियाँ इच्छुक

बेइजिङ : चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेको हाल दुई महिना नाघेको छ। यसैबीच सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययन सम्बन्धमा चिनियाँ पक्षले काठमाडौंमा पाँचौं चरणको वार्ता गर्नुका साथै अध्ययनलाई अगाडि बढाउने जनाइसकेको छ। साथै दुई पक्षबीच आदानप्रदान बढाउने खालका समझदारी गर्ने गृहकार्य पनि भइरहेका छन्। यसैगरी नेपाली दूतावासका कूटनीतिक नियोग उपप्रमुख सुशीलकुमार लम्सालले भ्रमणबाट तत्कालै धेरै असर देखी नहाले पनि दुई तीन वटा काम अघि बढेको बताए।

भ्रमणपश्चात जारी दुई पक्षीय विज्ञप्तिअनुसार समझदारी तथा सम्झौताको कार्यान्वयन के कसरी हुँदैछन् भन्ने अन्नपूर्ण पोस्ट्को जिज्ञासामा कूटनीतिक नियोग उपप्रमुख सुशीलकुमार लम्साल भन्छन्, ‘चिनियाँ राष्ट्राध्यक्ष सीले गर्नुभएको नेपालको राजकीय भ्रमण दुई महिना मात्र भएको छ, तत्काल नै धेरै असर देखिन्छ भन्ने छैन तापनि दुई तीन वटा काम भने अघि बढेका छन्। हिमालय वारपार सञ्जाल सम्बन्धमा काम अगाडि बढेको छ। वारपार सञ्जाललाई चिनियाँ सरकारसँग संयुक्त रूपमा अगाडि बढाउने पक्षमा प्रस्ताव गरेका छौं। त्यसै गरी सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ पक्ष लागि परेको जानकारी प्राप्त भएको छ।’

पछिल्लो समय दुई देशबीच आदानप्रदान बढ्नुका साथै नेपालप्रति चिनियाँको चासो बढेको उनले बताए। यसैबीच चीनको तिब्बत स्वायत्त प्रदेशका प्रमुख छि चालाले पनि भर्खरै नेपालको भ्रमण गरेर फर्केका छन्। उनी भन्छन्, ‘विशेष गरी चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका गोष्ठीमा आफ्नो धारणा राख्न नेपाली पक्षलाई निम्त्याउने काम धेरै बढेको देखिन्छ। भ्रमणको आदानप्रदान बढिरहेको देख्छु।’ पछिल्लो समय चिनियाँ उद्यमीको नेपालप्रति चासो एकदमै बढेको उनले बताए। ‘हाम्रा राष्ट्राध्यक्षले भर्खरै नेपाल भ्रमण गरेर आउनुभएको छ, त्यहाँ लगानीको वातावरण कस्तो छ, नीति नियम कस्तो छ भन्ने जिज्ञासा चिनियाँ उद्यमीले राख्ने गरेका छन्’, उनले भने। दूतावासका साथै विभिन्न गोष्ठीमा भेट हुने क्रममा समेत इच्छुक उद्यमीलाई नेपालमा लगानी लगाउने सम्बन्धमा आवश्यक जानकारी दिँदै आएको उनले बताए।

साथै चिनियाँ भन्सार प्रशासन र कृषि तथा पशु विकास मन्त्रालयबीच नेपाल तथा दुवै देशबाट खाद्यसामग्रीको आयात तथा निर्यात गर्ने पक्षमा समझदारी भएको छ। अरू क्षेत्रमा यस्ता किसिमका समझदारी गर्ने गृहकार्य सुरु भएको उनको भनाइ छ।

चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणपश्चात पर्यटकीय गन्तव्यको रूपमा पनि आम चिनियाँको रोजाइमा नेपाल परेको छ। यहाँका ट्राभल्स वेबसाइटले पछिल्लो समय चिनियाँको भ्रमण गन्तव्यमा नेपालको खोजी भएको उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.