सुदूरपश्‍चिममा 'ठूलीरात' मनाइँदै

सुदूरपश्‍चिममा 'ठूलीरात' मनाइँदै

बैतडी : सुदूरपश्चिममा आज 'ठूलीरात अर्थात् 'पुसे १५' धुमधामका साथ मनाइँदैछ । सबैभन्दा लामो हुने विश्वास रहिआएकाले आजको रातलाई ठूलीरात मान्ने गरेको हो। आजको रातमा मिठा- मिठा खानेकुरा पकाउने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए। 

पहिलापहिला आजको राती उखु पेलेर गुड बनाउने,उखान टुक्‍का भन्ने चलन थियो । तर पछिल्लो समयमा यी चलन हराउँदै गएका छन्।उनले भने, 'पुस १५ को रातमा गाउँका सबै मानिस एउटै घरमा जम्मा हुने र रामायण, महाभारतजस्ता धार्मिक ग्रन्थ बाचन गर्ने चलन थियो।'

पुस १५ मा तरुल, सखरगञ्ज, फर्सीलगायतका कन्दमूल खाने चलन छ। घिउमा पकाएका सेलरोटी, माडा खाने चलन पनि रहेको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । उनले पुसको महिना धेरै चिसो हुने भएकाले चिसोबाट बच्न घिउमा पकाएका खानेकुरा खाने चलन रहिआएको जानकारी दिए।

आजको दिन धेरै ठाउँमा वनभोज खाने चलन पनि छ । यद्यपि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ । पुस १५ दिन मनाइने पुसे पन्ध्र पर्वमा विवाहिता छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्यरूपमा स्वागत सत्कार गर्ने चलन छ।

विशेषगरी रातभरि नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिंदो परिवेशसँगै यसको महत्व हराउँदै गएको छ। आजदेखि दिनहरु बिस्तारै लामो हुँदै जाने र  असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ। भारतको कुमाउ क्षेत्रमा पुस १५ लाई लोहरी पर्वका रुपमा मनाइने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.