पेट्रोलियम पाइपलाइनमा फेरि डोजर चल्यो

पेट्रोलियम पाइपलाइनमा फेरि डोजर चल्यो

वीरगन्ज : वीरगन्जमा सडक बिस्तारका क्रममा नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा फेरि डोजर (एक्साभेटर) चलेको छ। डोजरले पाइपलाइनमा क्षति पुरर्याए पनि गम्भीर दुर्घटना हुनबाट भने जोगिएको छ।

 
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चोकभन्दा ५ सय मिटर पर रहेको वयोधा हस्पिटल अगाडि मङ्गलबार सडक विस्तारका लागि माटो खन्ने क्रममा डोजरले पाइपलाइनमा क्षति पुर्‍याएको हो। 

 
मङ्गलबार डोजरले माटो खन्ने क्रममा सडक सतहभन्दा डेढ मिटर गहिराइमा बिछ्याइएको करिब २ मिटर पाइप लाइनमा क्षति पुगेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए। सडक विस्तारका क्रममा दिवा सपना जेभि कन्ट्रक्शन प्रालिको ना १ ख ७०२२ नम्बरको डोजरले माटो खन्ने क्रममा पाइपलाइनमा क्षति पुगेको यादवले बताए। 
 
उनले भने, ‘डोजरले माटो खन्ने क्रममा पाइपलाइनमाथि गरिएको ढलान र इन्सुलेशन उप्किएको छ, पाइपको बाहिरी सतह पनि कोतरिएको छ, तर पाइपको भित्री भागमा क्षति नपुगेकाले सम्भावित ठूलो दुर्घटना हुनबाट जोगिएको छ।'

सडक विस्तारमा खटिएका मजदुर र प्राविधिकको लापरवाहीले वीरगन्जमै एक महिनाको अवधीमा दोश्रो पटक पाइपलाइनमा क्षति पुगेको भन्दै यादवले भने, ‘यसमा सडकका ठेकेदारको चरम लापरवाही भएको देखिन्छ।'

पाइपलाइनमा क्षति पुगेको खबर पाएलगत्तै अमलेखगन्जबाट यादव, निगमका प्राविधिकहरु लिएर घटनास्थलमा पुगेका थिए। साथै नेपाली सेना र नेपाल प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो। 


 
डोजरले उप्काएको पाइपलाइन माथिको इन्सुलेशन र ढलान, सडकका ठेकेदारबाट मर्मत गर्न लगाइने भन्दै यादवले भने, ‘ निर्माणाधीन सडकमा बुधबारदेखि आयल निगमका इन्जिनियर पाइपलाइन लोकेटर लिएर बस्छन्, ती इन्जिनियरको निर्देशनमै सडक निर्माणमा खटिएका मजदुरले सडक खन्छन्।' 
 
यसअघि गत मंसिर २५ गते पनि वीरगन्जकै बाइपास रोड अन्तर्गत गण्डक चोकमा पनि करिब डेढ मिटर पाइपमा डोजरले क्षति पुर्‍याएको थियो। त्यस बेला पनि बाइपास सडक बिस्तार अन्तर्गतको काममा खटिएको डोजरले पाइप कोतरेको थियो। 
 
भदौ तेश्रो सातादेखि सञ्चालनमा मोतिहारी रक्सौल वीरगन्ज अमलेखगन्ज अन्तरदेशीय पाइपलाइनको सुरक्षाको लागि बिहान र बेलुका नेपाली सेनाले गस्ती गर्दै आएको छ। 
 
यसका साथै पाइपलाइन बिछ्याइएको वीरगन्ज अमलेखगन्ज सडकखण्डका केही संवेदनशील क्षेत्रमा २४ सै घण्टा रेखदेखका लागि आयल निगमले ग्रुप फोर सेक्युरेटीका गार्डहरु खटाएको छ। आयल निगमका अमलेखगन्ज डिपो प्रमुख यादवका अनुसार पेट्रोलियम पाइपलाइन सडकको जमिनको सतहभन्दा डेढ मिटर गहिराइमा छ। 
 
पाइपभन्दा माथि १५ सेन्टिमिटर बाक्लो बालुवा बिछ्याइएको छ भने बालुवामाथि एक फिट चौडाइ र पुरै पाइपलाइन बराबर लम्बाइको वार्निङ टेप राखिएको छ। टेपको माथि माटोको सतह छ। यसबाहेक पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा सूचना बोर्ड पनि लगाइको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.