उल्टोबाट बाह्रखरी पढ्न नजान्दा विद्यार्थी कुटिए

उल्टोबाट बाह्रखरी पढ्न नजान्दा विद्यार्थी कुटिए

बैतडी : बैतडीमा एक विद्यालयका ९ विद्यार्थीलाई शिक्षकले कुटपिट गरेका छन्। उल्टोबाट बाह्रखरी पढ्न नजानेको भन्दै कक्षा सातका ९ जनालाई शिक्षकले कुटपिट गरेका हुन्। 

सुर्नया गाउँपालिका ३ बाँसस्थित विश्वेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई कुटपिट गरिएको हो। आइतबार कुटपिट गरिएको भएपनि मंगलबार मात्रै सो घटना सार्वजनिक भएको हो। 

कुटपिट गरिएका विद्यार्थीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। खुट्टामा  लट्ठीले हानेको निलडाम देखिएको जिल्ला अस्पतालका डाक्टर वसन्तराज जोशीले जानकारी दिए। 

‘स-साना बालबालिका हिजो अस्पतालमा पुगेका थिए। गहिरो चोट नभए पनि खुट्टामा निलडाम छ’, उनले भने, ‘हामीले समान्य उपचार गरेर पठाएका छौं।’ शिक्षकको कुटपिटबाट घाइते हुनेमा कक्षा ७ मा अध्ययनरत शोभा विष्ट, पुष्पा विष्ट, भागरथी विष्ट, निर्मला विष्ट, कविता विष्ट, दिनेश विष्ट, दीपक विष्ट, माया विष्ट र गणेश विष्ट रहेका छन्। 

कुटपिटपछि स्वास्थ्य परीक्षण गराएको वडा नम्बर ३ का वडा सदस्यसमेत रहेका अभिभावक दानसिंह विष्टले बताए। विद्यालयका  प्रधानाध्यापक प्रताप लोहरा, शिक्षक दीपक भट्ट र घुम्रा भाटले कुटपिट गरेको विष्टले आरोप लगाए। ‘हामीले विद्यालयमासमेत बसेर कुटपिटका विषयमा छलफल गर्यौं’, उनले भने, ‘बालबालिकालाई कुटपिट गरेकाले स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल पुगेको हुँ।’ प्रधानाध्यापक लोहारले भने आफूले कुटपिट नगरेको बताए। अन्य दुई शिक्षकले समान्य सम्झाउन खोजेको उनको भनाइ छ। 

‘पूर्वाग्राही हिसाबले मलाई फसाउन खोजिएको छ। हामीले विद्यालयको बिदा भएपछि थप कक्षा सञ्चालन गरिरहेका थियौं’, उनले भने, ‘कक्षामा चकचक गर्ने एकदुई विद्यार्थीलाई शिक्षक साथीहरुले समान्य सम्झाएको हो। घटना ठूलो बनाउन खोजिएको छ।’ 

कुटपिटको मुद्दा न्यायिक समितिले हेर्ने भएकाले त्यहाँ जान सुझाव दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए। पीडितले किटानी जाहेरी दिए पक्राउ गरेर अनुसन्धान अगाडि बढाउने प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेको भनाइ छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.