‘बीआरआईमा हातेमालो’

‘बीआरआईमा हातेमालो’

बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वका जनतासँगै हातमा हात मिलाएर ‘बेल्ट एण्ड रोड’ सक्रियताका साथ निर्माण गरिने बताएका छन्।

‘मानव जातिको उज्यालो भविष्यका लागि अथक प्रयास गर्ने’ नयाँ वर्षको अवसरमा देशवासीका नाममा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, ‘शान्तिपूर्ण विकासको बाटोमा चीन लागिरहने छ। विश्व शान्ति संरक्षण गर्दै संयुक्त विकासलाई अघि बढाइरहने छ।’

नयाँ वर्ष सन् २०२० को पूर्वसन्ध्यामा देशवासीलाई शुभकामना व्यक्त गर्दै उनले चीनले सन् २०१९ मा फड्को मार्ने प्रगति हासिल गर्नुका साथै गुणस्तरीय विकासका साथ अघि बढेको बताए।

इतिहास एउटा लामो नदी जस्तै रहेकाले साहसपूर्वक कठिनाइको सामना गर्न र विचलित नहुने उनको सन्देशमा उल्लेख छ। चीनको कुल ग्रार्हस्थ उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआन पुग्ने र साथै प्रतिव्यक्ति सरदर गार्हस्थ उत्पादन मात्रा दश हजार अमेरिकी डलर पुग्ने अनुमान छ।

गत वर्ष चीनका करिब ३ सय ४० वटा विपन्न जिल्ला गरिबीबाट मुक्त हुनुका साथै एक करोड भन्दा बढी व्यक्ति गरिबबाट उकासिएका छन्। सन् २०२० गरिबी निवारणका लागि एउटा निर्णायक वर्ष रहेको छ।

सन् २०१९ मा चीनले निरन्तर रूपमा हात खोलेर विश्वलाई अँगालेको छ। सीले भने, ‘हामीले दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलन, पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला, एसियाली सभ्यता संवाद सम्मेलन, दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गरेका छौं। जसले विश्वलाई एउटा सभ्य, खुला तथा सहनशील चीन देखाएको छ।’

हाल चीनसँग दौत्य सम्बन्ध स्थापित भएका मुलुकको संख्या १८० पुगिसकेको छ। उनले धेरै मुलुकका राष्ट्रनायक तथा सरकारी प्रमुखसँग भेट वार्ता गरी चीनको अडानबारे जानकारी दिएर आपसी मित्रतालाई बढाउनुका साथै सहमतिलाई अरु गहन पारेको पनि आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

सीले नेपालको गत असोजमा नेपालको राजकीय भ्रमण गरेका थिए। जुन भ्रमण चिनियाँ उच्च तहबाट २३ वर्षपछि भएको थियो। सीले मकाउको सफल व्यवहारबाट ‘एक देश दुई व्यवस्था’ पूर्णरूपमा व्यावहारिक र लाभान्वित रहेको प्रमाणित भएको बताउँदै भने, विगत केही महिनादेखि हङकङको परिस्थितिले हाम्रो ध्यानाकर्षण गरेको छ। मेलमिलाप तथा स्थिर वातावरण नभए सुखी र आनन्ददायी घरबार कसरी हुन सक्छ ? हङकङ तथा हङकङवासी राम्रो हुन सकुन् भन्ने मेरो हार्दिक आशा छ।’

‘हङकङको समृद्धि तथा स्थिरता हङकङवासीको आशा हुनुका साथै मातृभूमिका जनताको अपेक्षा पनि हो’, उनले फाइभ जीको व्यापारिक उपयोगका लागि गतिशीलताका साथ निर्माण भइरहेको, मानव इतिहासमा पहिलो पटक चन्द्रमाको पछाडि अवतरण गरेको, पैतौ नेभिगेटरको विश्वव्यापी सञ्जालको निर्माण निर्णायक अवधिमा प्रवेश भएको, यस्ता उपलब्धिले नयाँ युगमा चिनियाँको अथक प्रयास तथा उत्कृष्ट चिनियाँ छवि तथा चिनियाँ शक्ति अभिव्यक्त भएको छ।’

सन् २०१९ मा नयाँ चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवका उपलक्ष्यमा भव्य सैन्य परेडको आयोजना गर्नुका साथै विगत एक वर्षमा राष्ट्रिय प्रतिरक्षा तथा सेनाको सुधार स्थिरताका साथ अघि बढेको र जनमुक्ति सेनाले नयाँ युगमा शक्तिशाली सेनाको छविको प्रदर्शन गरेको पनि बताए।

सर्वसाधारणका लागि प्रचलित औषधिहरूको मूल्य घटाएको र व्यक्तिगत आयमाथि उठाइने करको न्यूनतम बिन्दु बढाएको पनि बताए। सन् १९४९ मा जन गणतन्त्र चीन स्थापना भएदेखि चिनियाँ उच्च नेतृत्वले नयाँ वर्षको पूर्व सन्ध्यामा देशवासीका नाममा शुभकामना सन्देश दिने चलन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.