यसरी सुरु भयो पर्यटन वर्षको महाअभियान (फोटो फिचर)

यसरी सुरु भयो पर्यटन वर्षको महाअभियान (फोटो फिचर)

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दशरथ रंगशालाबाट भ्रमण वर्ष शुभारम्भ गरेकी हुन्।

नेपालको पर्यटन र सांस्कृतिक विविधता विश्वभर चिनाउन र नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढाउन महाअभियान सुरु गरिएको राष्ट्रपति भण्डारीले बताइन्। उनले भनिन्, ‘नेपालमा सगरमाथा र लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य छन्। यी गन्तव्य प्रवद्र्धन गरेर बढीभन्दा बढी पर्यटक भिœयाउने अभियान सुरु भएको छ।’

नयाँ गन्तव्य रुचाउनेका लागि नेपाल आकर्षक स्थल हुने भनाइ उनको छ। राष्ट्रपति भण्डारीले पर्यटन विकासबाट देशले गर्ने पर्यटन विकास मात्रै नभए समग्र व्यावसायिक दृष्टिले लाभ लिन सकिने बताइन्। विश्व समुदायकै ध्यान तान्न भ्रमण वर्ष मनाइएको राष्ट्रपति भण्डारीले बताइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल घुम्न र अविस्मरणीय क्षण लिएर जान अनुरोध गरे।

भ्रमण वर्ष सबैलाई एक ठाउँमा उभ्याएको र पर्यटन समृद्धिमा दिएको प्राथमिकतासँगै राजनीतिक विभेद र असमानता अन्त्य गराएको सन्देश दिएको पनि उनले बताए। उज्यालो ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराका साथ पर्यटनको महाअभियान सुरु भएको पनि मन्त्री भट्टराईको भनाइ छ।

नेपाल पर्यटकका लागि आफैंमा एउटा पूर्ण प्याकेज भएको मुलुक हुनाले पनि विदेशी पर्यटकलाई जति बेला जुनसुकै मौसममा पनि नेपाल आउन उनले आग्रह पनि गरे।

भ्रमण वर्षको बुधबार सातै प्रदेशबाट गरिएको छ। यसलाई सरकारले राष्ट्रिय उत्सवको संज्ञा दिएको छ। यही उत्सवलाई महात्सव बनाउन पनि २० लाख पर्यटकको लक्ष्य नेपालले राखेको उल्लेख छ। भ्रमण वर्षसँगै अब सरकारले सन् २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्ने योजना पनि अगाडि सारेको छ।

कार्यक्रममा चीनका पर्यटनमन्त्री वङ सियाओफेङले भने नेपालको पर्यटनलाई प्राथमिकता दिएर चिनियाँ राष्ट्रपछि सी जिनफिङको नेपाल भ्रमण भएको बताए। नेपालको पर्यटनको विकासलाई चीनले सधैँ सकारात्मक रूपमा हेरेको उनको भनाइ छ।

भारतका पर्यटनमन्त्री प्रह्लादसिंह पटेलले भने, ‘नेपाली पर्यटनले समृद्धिको अनुभूति गर्नुपर्छ। नेपालमा धेरै विदेशी पर्यटक आऊन् र यसले यो क्षेत्रको गति बढाओस् भन्ने हाम्रो पनि अपेक्षा छ।’

जमैकाका पर्यटनमन्त्री एमडन्ड वार्लेटले नेपालको पर्यटन विकासमा सहकार्य गर्न तयार रहेको बताए। म्यानमारका पर्यटनमन्त्री ओन मउङले पनि नेपाल भ्रमण वर्ष २०२० को शुभकामना दिएका छन्। समारोहमा विभिन्न संघसंस्थाले ब्यानर र झाँकी प्रस्तुत गरेका थिए।  तस्बिर : विकास कार्की/सुनिता डंगोल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.