भ्रमण वर्षको अवसरमा प्याराग्लाइडिङ

भ्रमण वर्षको अवसरमा प्याराग्लाइडिङ

बैतडी : भ्रमण वर्ष २०२० को अवसरमा बैतडीको सीमा नाका झुलाघाटमा भारतीय पर्यटकलाई नेपाली टोपी, खाँदा र फूलमालाले स्वागत गरिएको छ । भ्रमण वर्षको सुरुवातको अवसरमा बाजागाजा सहित झुलाघाटमा पर्यटकहरुलाई स्वागत गरिएको हो । 

भ्रमण वर्षको पहिलो दिनमा पर्यटकहरुलाई सीमा नाकामै पुगेर स्वागत गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । ‘हामीले नेपालमा भ्रमण वर्षको सुरुवात भएको सन्देश दिनका लागि सीमा नाकामै कार्यक्रमको आयोजना गर्यौं । सीमा नाकाबाट भित्रने पर्यटहरुलाई स्वागत पनि गर्यौं’, उनले भने, ‘नेपाल र भारतबीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध रही आएको छ । हाम्रो रोटीबेटीको सम्बन्ध पनि छ । यसलाई प्रगाढ बनाउन कार्यक्रम आयोजना गरेका हौं ।’

पर्यटकलाई लक्षित गरेर सीमा नाकामा स्वागतद्वारसमेत राखिएको छ । 'घुम्न जाऔँ दशरथचन्द' अंकित ब्यानरसहित स्वागतद्वार राखिएको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । उनले भने, ‘भ्रमण वर्षमा पर्यकटलाई भित्र्याउनका लागि हामीले 'घुम्न जाऔं दशरथचन्द' अभियान सञ्चालन गरेका छौं । पर्यटक भित्र्याउन नगरपालिकाले पनि पहल गरिरहेको छ ।’

बैतडीमा थुप्रै भारतीय पर्यटक आउने गरेका छन् । भ्रमण वर्षमा उनीहरुलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले ‘घुम्न जाऔं दशरथचन्द अभियान’सञ्चालन गरेको उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन्, ‘सीमावर्ती भारतीय जिल्लाहरुबाट दशैंको बेला, चैतको नवरात्रीको बेला थुप्रै धार्मिक पर्यटकहरु आउने गरेका छन् । उनीहरुलाई लक्षित गरेर हामीले यो अभियान सञ्चालन गरेका हौं ।’

बैतडीमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, पातालभुवनेश्वर, रौलाकेदार, सिगासधुरा, ग्वाल्लेक केदार, उदयदेव शिवनाथ लगायतका धामहरुमा धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ ।

प्याराग्लाइडिङ नियमित 

भ्रमण वर्षलाई लक्षित गरेर बैतडीको पाटनमा प्याराग्लाइडिङ सेवा नियमित गरिएको छ । बैतडी अमेजिङ एडभेन्चर्स प्रालिले प्याराग्लाइडिङ सेवा सेवा सुरु गरेको हो । पाटनमा प्याराग्लाइडिङ सफल परीक्षणपछि भ्रमण वर्षको अवसर पारेर प्याराग्लाइडिङ सेवा नियमित गरिएको प्रालिका सञ्चालक कृष्णप्रसाद जोशीले बताए । उनले भने, ‘भ्रमण वर्षमा पर्यटक तान्नका लागि हामीले प्याराग्लाइडिङ सेवा सुरु गरेका हौं । यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा सहयोग पुग्नेछ ।’

प्याराग्लाइडिङको सफल परीक्षण भएकाले पाटनमा यो व्यवसाय राम्रोसंग सञ्चालन हुन सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । उनले भने, ‘प्याराग्लाइडिङको सफल परीक्षणले यो क्षेत्रमा यो व्यवसाय फस्टाउने देखिन्छ ।’

प्याराग्लाइडिङ सञ्चालनले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । उनले भने ,‘पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र विकासका लागि स्थानीय सरकारले पनि योजना अघि ल्याउनुपर्ने हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.