ऊर्जामन्त्रीको कदम : ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा

ऊर्जामन्त्रीको कदम : ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा

काठमाडौं : सरकारले ग्यासमा दिँदै आएको अनुदान हटाएर विद्युतीय चुलोमा दिइने भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतीय चुलो प्रवद्र्धन गर्नु पर्ने समय आएको बताए। 

समय सन्दर्भिक बनाउन र बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने भएको छ। अहिले १० हजार चुलो अनुदानमा दिने र बिस्तारै बढाउँदै जाने मन्त्री पुनले बताए।

आगामी बजेटबाट अनुदान दिने तयारी छ। यस्तो चुलोमा ३ हजारदेखि ३५ सय रुपैयाँसम्म छुट दिने गरी तयारी भएको छ। विद्युतीय चुलो बनाउने कम्पनी खोल्न विद्युत् प्राधिकरणका कर्मचारीले रुची देखाएका छन्। कर्मचारीले प्राधिकरणको बोर्ड बैंठकमा यसको प्रस्ताव गएको बताए। अब यो कम्पनीको निर्णय प्राधिकरणले गर्नेछ।

पुनका अनुसार अहिले मासिक २० युनिटसम्मका ग्राहक २० लाख घर धुरी छन्। यसलाई अब १० युनिटसम्मलाई निःशुल्क गर्ने र सो भन्दा बढीकालाई मात्रै शुल्क लिने विषयमा पनि गृहकार्य भइरहेको मन्त्री पुनको भनाइ छ। १० युनिटसम्मका ग्राहक करिब ७ लाख छन्। यो ग्राहकका लागि न्यूनतम पैसा चाही लिने जसका कारण प्राधिकरणले बेलाबेलामा मर्मतको काम गर्नलाई सहयोग पुग्नेछ।

सरकारले विद्युतीय गाडी प्रवद्र्धन गर्ने निति लिएको छ। यसका लागि चार्जिङ स्टेसन बढाउँदै जाने र विद्युतीय गाडीको प्रयोग बढ्नेछ।

‘विद्युत्को डेडिकेटेड शुल्क पनि हटाउने तयारी भएको छ। यसका लागि आवश्यक अध्ययन समिति बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ’, पुनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.