हिउँ हेर्न भारतीय पर्यटक (फोटोफिचर)

हिउँ हेर्न भारतीय पर्यटक (फोटोफिचर)

डडेल्धुरा : सुधीस भारतको उत्तरप्रदेश राज्यको राजधानी, लखनउका बसिन्दा हुन् । शुक्रबार अपराह्न उनी र उनका साथी बालबच्चासहित डडेल्धुराको हगुल्टे लेकमा भेटिए । पहिलो पटक उनले, यती नजिक हिउँ देखेको बताए ।

‘हामीहरुले हिउँ देखेको नै पहिलो पटक हो’ उनले भने । भारतमा सरकारी जागिरे सुधीसले, यसपाली भारतको उत्तराखण्ड राज्यमा पर्ने मन्सुरीमा हिमपातको आनन्द लिने योजना बनाएका थिए । तर उनको त्यो योजना डडेल्धुरातिर मोडियो ।

‘हामी परिवारसहित मन्सुरी जाने योजनामा थियौं, तर नेपालमा भ्रमण वर्ष सुभारम्भ भएको र इन्टरनेटमा सबैभन्दा नजिक डडेल्धुरामा हिमपात भएको थाहा पायौं, अनि यतै आएको’, उनले भने । 

भारतकै लखिमपुरका मुरली मौर्या व्यवसायी हुन् । उनी हरेक वर्ष हिमपातमा परिवारसहित घुम्ने योजना बनाउँछन् । यसअघि भारतको उत्तराखण्डतिर हानिएका मौर्याको परिवार पनि हगुल्टे लेकमा भेटियो ।

‘हिमपातको आनन्द बेग्लै हुन्छ, सबैभन्दा बढी रमाइलो बच्चाहरु गर्छन्, बच्चाहरुले रमाइलो गरेको देखेर आनन्द आउँछ ।', आफ्ना साना दुई जुम्ल्याहा छोरीसहित हगुल्टे पुगेका मौर्याले भने । 

यसवर्ष सुदूरपश्चिममा दोस्रो पटक भारी हिमपात भएको छ । हगुल्टे लेकसहित डडेल्धुरा सदरमुकाम र बैतडीमा तीन फिट भन्दा बढी हिउँ परेको छ । सुदूरपश्चिमको राजधानी धनगढीबाट १२५ किलोमिटरको पक्की सडकको यात्रा गरेपछि हिउँ हेर्न पाइन्छ ।

‘नेपालमा सबैभन्दा बढी पर्यटक भित्र्याउन सकिने भनेको भारतीय नै हो, अझ सुदूरपश्चिममा त भारतको राजधानी सहितका ठुला-ठुला शहरका पर्यटक सडक मार्गबाटै चार-पाँच घण्टाको यात्रामा पुग्न सक्छन्’, सुन्दर सुदूरपश्चिम अभियानका अभियानकर्ता गोपाल हमालले भने ।

उनले गोरो छाला भएका पर्यटक भित्र्याउन अझै समय लाग्ने भएकाले सुदूरपश्चिमले भारतीय पर्यटकलक्षित कार्यक्रम ल्याउनुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.