बृहस्पतिका विद्यार्थीले देखाए तीन नाटक

बृहस्पतिका विद्यार्थीले देखाए तीन नाटक

नक्सालस्थित बृहस्पति विद्यासदनले ‘नाट्यमणि’ नामक कार्यक्रम आयोजना गर्‍यो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा सोही विद्यालयका विद्यार्थीले तीन वटा नाटक मञ्चन गरे। कार्यक्रममा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र प्रदीप भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

नाट्यमणि कार्यक्रममा जेनी दुनुवारले निर्देशन गरेको ‘हर्षित राजकुमार’ र मनोज तामाङको निर्देशनमा ‘एकवन’ र ‘फ्रेम’ गरी तीन वटा नाटक मञ्चन भयो। ‘हर्षित राजकुमार’ मा कक्षा ३ देखि कक्षा ६ सम्मका ७५ जना, ‘एकवन’ मा कक्षा ७ देखि १० सम्मका ४४ जना र ‘फ्रेम’ मा कक्षा ११ र १२ का १६ जना विद्यार्थीले अभिनय गरेका थिए।

‘हर्षित राजकुमार’ मार्फत हाम्रो सम्पदाहरू दिनप्रतिदिन मासिँदै गइरहेकोले त्यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। ‘एकवन’ नाटक मार्फत विद्यार्थीले के सोच्छन्, के गर्छन् ? उनीहरूको मनोभावना बुझ्नुपर्छ भन्ने र ‘फ्रेम’ मार्फत किशोरावस्थाका बालबालिकाप्रति अभिभावकले के कस्तो व्यवहार गर्नुपर्छ ? भन्ने सन्देश दिन खोजिएको नाटक निर्देशक जेनी सुनुवारले बताइन्।

विद्यार्थीको समग्र विकासका लागि पढाइसँगै अतिरिक्त क्रियाकलापको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले ‘नाट्यमणि’ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कुमार थापाले बताए। उनले भने, ‘सबै विद्यार्थी पढाइमा अब्बल हुँदैनन्। तर, उनीहरू आफूमा भएको ट्यालेन्ट र आ–आफ्नो रुचिको काम गर्न पाए खुसी हुन्छन्। त्यसैले कुन विद्यार्थीमा के ट्यालेन्ट छ भनेर खोजी गर्ने र उसलाई अगाडि बढाउनका लागि यो कार्यक्रम गरेका हौं।’ यसका साथै धेरै भन्दा धेरै विद्यार्थी यसमा सहभागी हुन पाऊन् भनेर तीन वटा नाटक देखाइएको उनले बताए।

नाटकमा अभिनय गरी आफ्नो कला सबैसामु देखाउन पाएकोमा बृहस्पतिका विद्यार्थी निकै उत्साहित देखिन्थे। तिनैमध्ये विद्यालयकै कक्षा ४ मा पढ्ने एक विद्यार्थी हुन्, ११ वर्षीय प्रत्यशराज श्रेष्ठ। उनले नाटकमा अभिनय गर्न पाएकोमा निकै खुसी लागेको बताए। उनले भने, ‘म आज नाटक गर्न पाएकोमा निकै खुसी छु। मलाई सानैदेखि नाटक गर्न मन थियो। म पछि गएर कलाकार नै बन्छु। बृहस्पति विद्या सदनमा आएर मैले आफ्नो कला देखाउन पाएँ।’

१२ वर्षीया श्रेया खनाललाई पनि सानैदेखि नाटकमा अभिनय गर्न मन थियो। उनले विद्यालयमा आएपछि आफ्नो इच्छा पूरा भएको बताइन्।

कक्षा ६ मा अध्ययनरत श्रेयाले ‘हर्षित राजकुमार’ नाटकमा राजकुमारको साथीको भूमिका निभाएकी थिइन्। सयौं दर्शकमाझ नाटक देखाउन पाएकोमा हौसला बढेको बताउँदै उनी भन्छिन्, ‘नाटक आफूभित्र रहेको कुरालाई सजिलै व्यक्त गर्ने कलात्मक माध्यम हो। त्यसैले मलाई यसपछि रुचि जागेको हो।’

हर्षित राजकुमारको भूमिका निभाएका आदेश खड्का कक्षा ५ मा पढ्छन्। उनलाई सानैदेखि नाटक गर्न मन थियो। उनले नाटक पढ्ने विचार गरिसके। उनी भन्छन् ‘सानैदेखि मेरो रहर थियो अगाडि बसेका सबैलाई नाटकका माध्यमबाट हँसाउने र मनोरञ्जन प्रदान गर्ने। यो स्कुलमा थिएटर भन्ने विषय पनि रहेछ। त्यसैले मैले यहाँ आएर नाटक नै सेलेक्ट गरेँ र आफ्नो रुचिको क्षेत्रमा काम गर्न पाएँ। भविष्यमा मलाई कलाकार नै बन्न मन छ।’

कार्यक्रममा प्रमुख अतिथि हास्यकलाकार हरिवंश आचार्यले कार्यक्रममा बालबालिकालाई देखेर आफ्नो विगत सम्झिए। विद्यार्थीकालमा आफूले गरेका नाटकका कुरा विद्यार्थीलाई सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.