भारतीय सुरक्षाकर्मीबाट अपहरित युवाको रिहाई माग

भारतीय सुरक्षाकर्मीबाट अपहरित युवाको रिहाई माग

कपिलवस्तु : नेपाल भारत सीमा क्षेत्रको मर्यादपुर बजारबाट भारतीय सुरक्षाकर्मीको अपहरणमा परेका युवाको रिहाईको पहल गर्न जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय रुपमा नेपाल सरकारसँग माग गरिएको छ । नेपाली नागरिकलाई नेपालमै आएर भारतीय सुरक्षाकर्मीले अपरण गरी लैजानु गम्भीर विषय भएको भन्दै जिल्लामा सर्वदलीय बैठकबाट घटनाको घोर निन्दा गरिएको छ । 

सर्वदलीय बैठकले अहरणमा परेका यशोधरा गाउँपालिका-८ मटेरियाका ४० वर्षीय मोवारक खाँको यथाशीघ्र रिहाई पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता तथा पुर्व राजदुत दीपकुमार उपाध्यायको नेतृत्वमा जिल्लाका राजनैतिक दलका नेताहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा अपहरित युवाको रिहाई र सीमा क्षेत्रमा नेपाली नागरिकको शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न माग गरिएको छ ।

दिउँसै नेपाली भूमिमा आइ नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले अपहरण गरेर लैजानु निकै निन्दनीय र मुलुककै शान्ति सुरक्षाको सवालमा लज्जास्पद स्थिति रहेको पुर्व राजदुत दीपकुमार उपाध्यायले बताए । यो समान्य घटना होइन, पुर्व राजदुत उपाध्यायले भने, 'नेपाल सरकारले यो विषयमा गम्भीर भइ भारत सरकारको उच्च तहमा तत्काल वार्ता र संवाद अघि बढाउनु पर्छ ।' 

पीडितका तर्फबाट राष्ट्रिय जनता पार्टीका अध्यक्ष कैलाश अग्रहरि, संघीय समाजवादी पार्टीका अध्यक्ष शैलेन्द्र यादव, रा.प्र.पा. संयुक्तका अध्यक्ष ईद्रिस मोहम्मद मुसलमान, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापतिहरु राजेश ज्ञवाली, सुधाकर पाण्डेय, जिल्ला सचिव महेन्द्र पाठक र जिल्ला कोषाध्यक्ष शोहरत तेली लगायतका नेताहरु, मानवअधिकारकर्मी र संचारकर्मीहरु ज्ञापन पत्र बुझाउनका लागि पीडितका साथमा जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

खांलाई शनिबार दिउँसो भारतीय सुरक्षाकर्मीहरुले सीमा नाकाको मर्यादपुर बजार नजिकबाट अपहरण गरी लगेका थिए । आफ्नो छोरालाई किन के कारणले भारतीय सुरक्षाकर्मीहले अपहरण गरी लगे आफुहलाई थाहा नभएको अपहरित खाँका पिता निसार खाँले बताए । छोराको शीघ्र रिहाईको पहल गर्न खाँका पिता निसारले पत्रकारमार्फत सरकारसँग माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.