सांसदको घोषणा : फुसको छाना हटाएर जस्तापाताको छाना
वीरगन्ज : पर्सा-१ मा फुसको घर भएकाहरुका लागि प्रतिनिधिसभा सदस्य प्रदीप यादवले छाना उपलब्ध गराउने घोषणा गरेका छन्। बुधबार सुरक्षित नागरिक आवास कार्यक्रमको बसेको बैठकमा सांसद यादवले आफनो निर्वाचनमा क्षेत्रमा रहेका फुसको घरहरुमा जस्तापाताको छाना लगाइ दिने घोषणा गरेका हुन्।
उक्त कार्यक्रमको संयोजकसमेत रहेका सांसद यादवले भने ‘मेरो निर्वाचन क्षेत्रमा वीरगन्जका १९ वडा छन्, ती सबैमा करिब २ हजार भन्दा बढि फुसका छाना भएका घरधुरी छन्, अहिले पहिलो चरणमा ५ सय फुसको घरमा जस्तापाताको छाना लगाइ दिनेछु। पाँच वर्षे कार्यकालमा बाँकी रहेका सबै घरधुरीमा जस्तापाताको छाना हुन्छ’, उनले भने ‘यो कार्यकालमा मेरो क्षेत्रमा एउटा पनि फुसको छाना भएको घर रहने छैन्। फुसको छाना भएका घरधुरीमा जस्तापाता हाल्नका लागि सम्बन्धित घरधनीलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराइने जानकारी उनले दिए। उनले थपे, ‘घरधनीको खाता खोलेर पहिलो किस्तामा ३० हजार रकम उपलब्ध गराइन्छ , त्यसपछिको कार्य प्रगति हेरेर दोस्रो किस्तामा २० हजार रुपैयाँ बैंकमार्फत भुक्तानी गरिन्छ।
प्रतिक्रिया दिनुहोस !