मोबाइल सुरक्षित चार्ज गर्ने उपाय

मोबाइल सुरक्षित चार्ज गर्ने उपाय

स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्री चार्जिङ हो। कहिलेकाही गुणस्तरीय फोनसमेत ब्याट्रीकै कारण प्रयोगविहीन बन्न पुग्छ। मोबाइल चार्जिङको समयमा केही गल्ती गर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ।

मोबाइल फुल चार्ज भइसकेपछि पनि प्लगबाट नहटाउने कतिपय मानिसको बानी हुने गर्छ। तर, यो मुर्खता हो। फुल चार्ज भइसकेपछि पनि प्लग हटाइएन भने मोबाइलको ब्याट्री फुल्नेजस्ता समस्या आउने गर्छ।

सकभर मोबाइलको चार्ज १०० प्रतिशत हुनु पहिला नै मोबाइललाई चार्जरको प्लगबाट हटाउने गर्नुपर्छ। मोबाइल फूल चार्ज भएपछि पनि त्यसलाई लगातार चार्जमा राखिए मोबाइल ब्लास्ट हुने सम्भावना हुन्छ।

मोबाइललाई जतिखेर पायो त्यतिखेर चार्जमा नराख्नुहोस्। मोबाइलको ब्याट्री पूरै डाउन हुन नदिनुस् कम्तीमा १० प्रतिशतभन्दा तल पुग्ना साथ चार्जमा राख्ने गर्नुस्।

आफ्नो स्मार्टफोनलाई तातो ठाउँमा नराख्नुहोस्। तपाइँले याद गर्नुभएको होला हाम्रो मोबाइल चार्ज गरेपछि तातो हुने गर्छ। चार्जपछि फोनलाई तातो ठाउँमा राख्नाले मोबाइल ब्लास्ट हुन सक्छ। याद राख्नुस् मोबाइल चार्ज गर्दा पनि त्यसलाई तातो ठाउँमा राखेर चार्ज गर्नुहुन्न।

मोबाइल राख्दा जीपीएस आधारित एप बन्द गरेर राख्नुहोस्। यसलाई जरुरीमा मात्र प्रयोग गर्ने गर्नुपर्छ। यस्ता फिचरले ब्याट्री छिटो सक्ने र फोनलाई तातो बनाउने काम गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.