गहुँ मासेर सडक

गहुँ मासेर सडक

डडेल्धुरा : भागेश्वर गाउँपालिकाको एक दुर्गम बस्तीमा स्थानीयको गाडी चढ्ने सपना पूरा भएको छ। भागेश्वर गाउपालिका– ५ टपुवाधुराका गाउँलेले वर्षौंदेखि गाउँमा सडक ल्याउने सपना पूरा गर्न हिँउदे बाली नै नष्ट गरेका छन्। हिँदको प्रमुख बाली गहुँ नासेर खेतबाट सडक खनेका छन्।

करिव ३० लाखको अनुमानित इस्टिमेटका आधारमा गाउँपालिका, सामुदायिक वन र उपभोक्ताको संयुक्त लगानीमा सडक निर्माण गरिएको हो। भागेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको विकट बस्ती गुवाणी, टप्वा, विरखम र चौपाता गाउँका करिव ६० परिवार लभान्वीत हुने उपभोक्ता समितिका अध्यक्ष महेश भाटले बताए। उनले भने, ‘गाउँमा सडक पुगेसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ।’

यहाा सुन्तला र कागती जातका फलफूल मुख्य रूपमा उत्पादन हुँदै आएको छ। सडक पुगेसँगै स्थानीयले उत्पादन गरेको तरकारी पनि बजारसम्म पुर्‍याउन थालेका छन्। ‘पूर्वाधार विकास नै मुख्य कुरा रहेछ। सडक पुगिसक्यो। अब अन्य संचरना निर्माणमा पहल गर्नेछौं,’ अध्यक्ष भाटले भने, ‘सडकले गाउँको आर्थिक विकासका लागि महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा गरेका छौं।’

गाउँले पनि गहुँ मासिएको चिन्ताभन्दा पनि गाउँमा सडकको पहुँच बनेपछि उत्साहित छन्। सडक पुगेपछि डोको तथा स्टेचरमा सदरमुकामसम्म बिरामीलाई बोकेर पुर्‍याउनुपर्ने बाध्यता पनि टरेको छ। ‘सुत्केरीलाई गाउँमा उपचार हुन नसकेपछि सदरमुकाम पुर्‍याउन समस्या थियो,’ स्थानीय बिस्ना भाटले भनिन्, ‘अब आँगनमै एम्बुलेन्स आउन थालेको छ। समयमै अस्पताल पुग्न नसक्दा ज्यान जाने जोखिमबाट पनि मुक्ति मिलेको छ।’

सडक सपनाको अपेक्षाले मिहिनतले लगाएको हरियो गहुँ बारीमा बाटो खन्दा पनि स्थानीय खुसी छन्। ‘गाउँलेलाई सडक नपुग्दाको दुःखका अगाडि उम्रिसकेको गहुँ नासिँदा पनि कुनै पीर परेन,’ उपभोक्ता समितिका अध्यक्ष महेश भाटले भने, ‘वर्षौंदेखि त्यही सडककै सपनाले अत्याएको थियो। एक बाली नासिए पनि आफूले उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउन र उचित मूल्य पाउन सफल भएका छन्।’

बजारसम्म पहुँच नहुँदा उत्पादन भएको तरकारी बारीमै कुहाउन बाध्य कृषक तारा भाटले अब व्यवसायीक रूपमै तरकारी खेती गर्ने योजना बनाएकी छन्। ‘अब २० मिनेटमै गाउँपालिका केन्द्र केन्द्र पुग्न सकिन्छ। पहिला बिक्री गर्ने ठाउँ नहुँदा उत्पादन भएको तरकारी र फलफूल वस्तुभाउलाई खुवाउनुपथ्र्यो,’ उनले भनिन्, ‘अब लगानी थपेर व्यवसायीक रूपमै तरकारी खेतीतिर लाग्छु।’ सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ। भागेश्वर गाउँपालिकादेखि १० किलोमिटरको दूरीमा छ टपुवाधुरा।

महाभारतको काखमा रहेको उक्त धुराबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला हेर्न सकिन्छ। जसरी पनि गाउँसम्म सडक पुर्‍याउने अभिलाशाका कारण सडक निर्माण गरिरहेकै ठाउँमा राति अबेरसम्म पनि बस्थे। सडक पुगेपछि गाउँपालिकाले भ्रमण वर्षको उद्घाटन पनि टपुवाधारामै गर्ने गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले बताइन्। क्याप्सन्ः
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.