सौर्य भिटामिन
![सौर्य भिटामिन](https://annapurnapost.prixacdn.net/media/albums/gham_20200115065627_sYakniYz9N.jpg)
भाइबहिनीहरू, अहिले जाडोको समय छ। तिमीहरूमध्ये कतिलाई बिहानै स्कुल जानु पर्दा दिक्क लाग्ने गथ्र्यो होला। अहिले त कतिपय विद्यालयमा छुट्टी पनि भइसक्यो। मध्य जाडोको समय भएकाले घरमा बस्दा वा बाहिर निस्कँदा पनि हामीलाई चिसो अनुभव हुन सक्छ। त्यसैले केहीबेर घाममा बस्दा न्यानो महसुस हुन्छ। तिमीहरूलाई थाहा छ कि छैन, घाममा बस्दा न्यानो मात्र होइन भिटामिन डी पनि पाइन्छ।
डा. देवबहादुर रोकाका अनुसार, भिटामिन डीलाई सौर्य भिटामिन पनि भनिन्छ। सूर्यबाट प्राप्त हुने भएकाले यसलाई सौर्य भिटामिन भनिएको हो। सÒर्यको प्रकाशको कमीबाट भिटामिन डी हाम्रो छालामा बन्न पाउँदैन। त्यस्तै खानामा पनि भिटामिन डीको मात्रा कमी भएमा विभिन्न समस्याले सताउँछ।
स्वस्थ हड्डीको लागि भिटामिन डी आवश्यक पर्छ। त्यस्तै, मधुमेह, मुटुसम्बन्धी समस्याबाट जोगिन पनि भिटामिन डीको महŒवपूर्ण भÒमिका रहने विभिन्न अनुसन्धानले देखाएको छ। भिटामिन डीको कमीका कारण विभिन्न समस्याहरू निम्तन सक्छन्।
केमा पाइन्छ भिटामिन डी ?
· प्राकृतिक खाद्यपदार्थ
· सूर्यको प्रकाशद्वारा छालामा बन्ने
· अण्डाको पहेँलो भाग
· घाममा सुकाएको च्याउ
· माछा
कमीका लक्षणहरू
सामान्यतया भिटामिन डीको कमी हुँदा तत्कालै केही लक्षण नदेखिन पनि सक्छ। लामो समयसम्म यस भिटामिनको कमी भएमा आन्द्रामा समस्या देखिन सक्छ। पाचन प्रणालीमा असर पुग्छ। शरीरमा क्याल्सियमको कमी हुन पुग्छ। हड्डीमा मिनरलको कमी हुन्छ। हड्डी कमजोर हुने गर्छ। यसरी बालबालिकामा हड्डी कमजोर हुने समस्यालाई रिकेट्स भनिन्छ। रिकेट्स हुँदा यस्ता लक्षणहरू देखा पर्छन्।
· शरीर दुख्ने
· खाना पचाउन गाह्रो हुने
· मांसपेशी कमजोर हुने
· हड्डी दुख्ने
· रोगप्रतिरोधात्मक शक्ति कमी हुने
रगतको जाँच गरेर भिटामिन डीको अवस्था थाहा पाउन सकिन्छ। भिटामिन डीको कमी भएमा सम्बन्धित चिकित्सकसँग स्वास्थ्य जाँच गराई उपचार गराउनु पर्छ। त्यसैगरी नियमित घाममा बस्ने बानी बसाल्दा पनि यस भिटामिनको कमीबाट हुने रोगबाट बच्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)