मैले १७ हजार मारेको सत्य होइन, पाँच हजारको जिम्मा लिन्छु : प्रचण्ड

मैले १७ हजार मारेको सत्य होइन, पाँच हजारको जिम्मा लिन्छु : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको बताएका छन्। बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

‘मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ। ति सबै कुराको जवाफ दिन सक्दिन। म तथ्यांक मात्र सच्याउन चाहन्छु। मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ। साथीहरु यो सत्य होइन। यो सत्य होइन’, प्रचण्डले भने, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु। तर राजाले मारेको १२ हजारको कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउँकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन।’ 

प्रचण्डले युद्धमा भएका राम्रा र नराम्रा कामको जिम्मेवारी लिने प्रष्ट पारे। ‘युद्धको म जिम्मा लिन्छु। त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु। म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन’, उनले भने ‘तर नगरेको काम पनि मलाई नै थुपार्ने काम नगर्नुहोस्।’ 

सँगै प्रचण्डले रेशम चौधरीलाई छिट्टै जेलबाट छुटाउने बताएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक बालकसहित सातजनाको हत्या घटनामा दोषी ठहर भएर जेलमा रहेका थारु अगुवा चौधरीलाई छिट्टै छुटाउने आश्वासन उनले दिएका हुन्। 

उनले रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतमा भारतको दिल्लीमा भेटेको सम्झना गरे। ‘रेशमसँग भेटेर खुलेआम कुरा राख्ने पहिलो प्रधानमन्त्री प्रचण्ड थियो भन्नेकुरा नबिर्सनु होला’, प्रचण्डले भने, ‘दोस्रो कुरा डिल्ली बजारको जेलमा गएर खोरमा गएर रेशमलाई भेट्ने पनि म नै हो भन्ने कुरा बुझ्नुहोला।’ 

सँगै प्रचण्डले सभामुख र पार्टीलाई भेटेर कम्तिमा रेशमलाई माननीयको दर्ता दिनुपर्छ भन्ने मान्छे पनि आफैं भएको कुरा नबिर्सन आग्रह गरे।  टीकापुर घटनाका झुटा मुद्दा खारेज गरेर रेशमलाई छुटाउने उनले प्रष्ट पारे। ‘टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल परेका केही साथीहरु छुटेका छन्। रेशमलागायका साथीहरु छुट्न बाँकी छ’, उनले भने, ‘छुटाइन्छ, केही समय पर्खिनुहोला।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.