प्रदेश-२ मा छोरी शिक्षा बिमा शिवीर सञ्चालन

प्रदेश-२ मा छोरी शिक्षा बिमा शिवीर सञ्चालन

वीरगन्ज : प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम प्रभावकारी बनाउन आठवटै जिल्लामा एकैसाथ बिमा शिवीर सञ्चालन गरिएको छ ।

प्रदेश सरकारले प्रदेश २ का ८ वटै जिल्लामा बिहीबार देखि एकैसाथ छोरी शिक्षा बिमा शिवीर सुरु गरेको गरेको हो । प्रदेश सरकारले अभियान अन्तर्गत प्रदेश २ मा २०७५ माघ १ गतेयता जन्मिएका छोरीहरुको उच्च शिक्षाका लागि १ लाख रुपैयाँको बिमा गर्ने कार्यक्रम एक वर्ष अघि ल्याएको थियो ।

तर सञ्चालनमा आएको एक वर्षमा बिमा कार्यक्रम अपेक्षाकृत रुपमा प्रभावकारी नदेखिएपछि प्रदेश सरकारले प्रदेशका हरेक प्रदेश २ का सबै १ सय ३६ स्थानीय तहमै पुगेर छोरीहरुको शिक्षा बिमा गर्न बिहीबारदेखि सप्ताहव्यापी शिवीर सञ्चालन गरेको हो ।

मुख्यमन्त्री कार्यालय अनुसार २०७५ माघ १ देखि प्रदेश २ मा २२ देखि २५ हजार बालिका जन्मिए । तर बिमा कार्यक्रम सञ्चालन भएपछिको एक वर्षको अवधिमा करिव १० हजार बालिकाको छोरी शिक्षा बिमा गरिएको छ ।

बाँकी बालिका शिक्षा बिमा कार्यक्रमबाट बञ्चित भएपछि सबैको पहुँचमा पुर्याउन बिमा शिवीर सञ्चालन गरिएको मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जानकारी दिए । बिहीबार वीरगन्जको त्रिजुद्ध मावि परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बिमा शिवीरको शुभारम्भ गरेका हुन् ।

यस अवसरमा मुख्यमन्त्री राउतले २०७५ माघ १ गते यता जन्मिएका वीरगन्ज ३ की बालिका अरिबा प्रविन र वीरगन्ज २ की रुकैया खातुनका अभिभावकलाई बिमा गरिएको कागजात हस्तान्तरण गरेका थिए ।

बिमा शिवीरको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले छोरी जन्मिएका घरघरमै पुगेर उनीहरुको शिक्षा बिमा गराउने लक्ष्य साथ आठवटै जिल्लाका सबै पालिकामा छोरी शिक्षा बिमा शिवीर सञ्चालनमा ल्याइएको बताए ।

मुख्यमन्त्री राउतले निकट भविष्यमै बिमाको रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउने प्रदेश सरकारले तयारी गरिरहेको जानकारी पनि दिए । मुख्यमन्त्री राउतका अनुसार बिहीबारदेखि सुरु बिमा कार्यक्रम एक महिनासम्म गाउँपालिकामा एक दिन, नगरपालिकामा दुई दिन, उपमहानगरपालिकामा तीन दिन र महानगरपालिकामा चार दिन छोरी सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.