फुटबल खेल्ने रेस्लर

फुटबल खेल्ने रेस्लर

जोन सिना अमेरिकी व्यावसायिक रेस्लर हुन्। उनको वास्तविक नाम जोन फेलिक्स एन्थोनि सिना जुनियर हो। उनको नाम उनको बुवाको नामबाट राखिएको थियो। उनका बुवाको नाम जोन फिलिक्स एन्थोनि सिना सिनियर हो भने आमाको नाम क्यारल हो।

सिनाको जन्म सन् १९७७ मा अमेरिकामा भएको थियो। उनी रेस्लरबाहेक अभिनेता, र्‍यापर र टेलिभिजन प्रस्तोता पनि हुन्। उनले अहिलेसम्म डब्लूडब्लूई च्याम्पियनसिपमा १३ पटक, वल्र्ड हेभिवेट च्याम्पियनसिपमा तीनपटक र अरू धेरै च्याम्पियनसिप जितिसकेका छन्। उनी पाँचपटक युनाइटेट स्टेट च्याम्पियनसमेत बनेका छन्।

कलेज पढ्दा उनी फुटबल खेल्थे। फुटबल, बास्केटबल र भिडियो गेम उनका असाध्यै मन पर्ने खेल हुन्। सन् १९९८ मा ‘बडी मुभमेन्ट’ विषयमा ग्य्राजुएसन गरेका यी खेलाडीले त्यसपछि बडी बिल्डिङमा आफ्नो करिअर बनाउन सुरु गरेका थिए।

उनका बुवाले छोरालाई बडी बिल्डर बन्न क्यालिफोर्निया जान दिएनन्। त्यसपछि उनी घर छाडेर क्यालिफोर्निया गए। उनीसँग भएको पाँच सय डलर बाटैमा सकिएको थियो। क्यालिफोर्निया पुगेर उनले एउटा जिममा ट्रेनिङ लिन सुरु गरे। पैसाको अभावका कारण उनी जिमका सामान तथा ट्वाइलेट सफा गर्ने काम गर्थे। त्यसपछि उनले आफ्नो धेरै समय जिममा बिताउन थाले।

सन् १९९९ मा अल्टिमेट प्रो रेस्लिङबाट उनले व्यावसायिक रेस्लर बन्न ट्रेनिङ लिन थाले। त्यसको तीन वर्षपछि उनी ‘अल्टिमेट प्रो रेस्लर हेभिवेट च्याम्पियन’ बने। सन् २००० मा उनले डब्लूडब्लूएफ (वल्र्ड रेस्लिङ फेडेरेसन)बाट खेल्न थाले। त्यसको दुई वर्षपछि युनाइटेड स्टेट च्याम्पियनसिप पनि उनले जिते। सन् २००७ मा उमागाको विरुद्ध जित्ने पहिलो रेस्लर उनी बने। उमागा अमेरिकी व्यावसायिक रेस्लर हुन्।

सन् २००२ मा उनले र्‍याप गर्दै गीत गाउन थाले। उनको उक्त नयाँ क्यारेक्टरको नाम ‘डाक्टर अफ थगनोमिक्स’ राखिएको थियो। त्यसको तीन वर्षपछि उनले र्‍याप एल्बम पनि निकाले। उनले हलिउडका धेरै फिल्म पनि गरेका छन्।

भनिन्छ, रिङमा ठूलाठूला रेस्लरलाई हराउने सिना माकुरासँग डराउँथे। उनलाई मन पर्ने रेस्लर क्यानडाका राउडी पाइपर हुन्। उनले विभिन्न रोगसँग लडिरहेका पाँच सय बालबालिकाको इच्छा पूरा गरेका थिए। त्यसलाई उनले ‘मेक अ विस’ नाम दिएका थिए। उनको भाइलाई सानैमा ब्रेन ट्युमर भएको थियो। त्यो समयमा ब्रेन ट्युमरको उपचार सम्भव थिएन। त्यही समयदेखि उनले रोगसँग लडिरहेका बालबालिकालाई सहयोग गर्ने सोच बनाएका थिए। यसैका लागि उनले ‘क्रिस गे्रसियस सेलिब्रेटी अवार्ड’ जितेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.