यस्तो हुन्छ अन्तरिक्षको समुद्र

यस्तो हुन्छ अन्तरिक्षको समुद्र

विभिन्न अनुसन्धानपछि खगोलीय जीव वैज्ञानिक भन्छन्, ‘हाम्रो सौर्यमण्डलका ग्रह तथा तिनका उपग्रहमा जीवन हुने सम्भावना धेरै छ।’ यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न धेरै अनुसन्धान भइरहेका छन्।

पृथ्वीबाट टाढा रहेका ग्रह तथा उपग्रहमा पानी भएको संकेत प्राप्त भएको छ। वृहस्पति ग्रहको उपग्रह युरोपामा पृथ्वीका सबै समुद्रमा भएको पानीभन्दा बढी पानी भएको अनुमान गरिएको छ। यसमा रहेको पानीलाई त्यहाँ रहेको बाक्लो बरफले अन्तरिक्षको रेडियसन र उल्का पिण्डबाट सुरक्षा दिइरहेको छ।

यस्तै शनि ग्रहको उपग्रह एनसेलाडसबाट उठ्ने पानीको फोकालाई हेर्दा त्यसभित्र तातो पानीको समुद्र भएको अनुमान लगाउन सकिन्छ। यसलाई सूर्यबाट नभई त्यसको भित्री ऊर्जा र रेडियसनको तापले तापक्रम प्राप्त हुन्छ। उक्त ताप तिनीहरूलाई घुम्ने ग्रह तथा उपग्रहबाट प्राप्त हुन्छ।

त्यस्तै उपग्रह युरोपा, क्यालिस्टो, ग्यानिमेड र एनसेलाडसमा पानी भएको संकेत प्राप्त भएको छ। एक अनुसन्धानअनुसार एनसेलाडसमा पछिल्लो एक अरब वर्षदेखि समुद्र रहेको पाइन्छ।

समुद्रमा भएको पानी र यसको गहिराइमा हुने चट्टानको सम्पर्कले रसायनिक प्रतिक्रिया हुने वैज्ञानिक बताउँछन्। कुनै पनि ठाउँमा जीवनको उत्पत्तिको लागि यस्तो प्रतिक्रिया हुनु आवश्यक छ। नासाका क्यासिनी मिसनले एनसेलाडस उपग्रहमा पानीको बाफको अध्ययन गरेर यसको समुद्रभित्र तातो पानीको फोहोरा रहेको अनुमान गरेको छ। त्यसैले यहाँ पनि रसायनिक प्रतिक्रिया हुने सम्भावना छ।

यस्तै पानीको फोहोरा पृथ्वीको समुद्रमा पनि छ। समुद्रमा पृथ्वीको भित्रबाट निक्लिने तातो लाबा, नुनिलो पानीदेखि लिएर रसायनिक प्रतिक्रिया भइरहन्छ। वैज्ञानिकका अनुसार यही रसायनिक प्रतिक्रियाबाट पृथ्वीमा जीवनको उत्पत्ति भएको थियो।

समुद्रको गहिराइसम्म सूर्यको किरण पुग्न सक्दैन। वृहस्पति र शनि ग्रहको उपग्रहमा रहेका समुद्रमा पनि सूर्यको किरण पुग्न नसक्ने वैज्ञानिकको अनुमान छ। तर, यसको अर्थ त्यहाँ जीवनको सम्भावना नै नभएको भन्ने होइन। किनकि पृथ्वीमा समुद्रको पिँधमा सूर्यको किरण नपुगे पनि धेरै प्रकारका बिरुवा त्यहाँ लहराइरहेका हुन्छन्।

शनि ग्रहको उपग्रह टाइटनमा पनि वैज्ञानिकहरू जाने तयारी गरिरहेका छन्। नासाको ह्युजेन्स प्रोब अन्तरिक्ष यान टाइटनमा सन् २००५ मा पुगेको थियो। ह्युजेन्सले पठाएको तस्बिरमा पृथ्वी जस्तै दृश्य देखिएको थियो। त्यस तस्बिरमा नदी र समुद्र देखिएका थिए।

तर, टाइटनमा पानीबाहेक बादल र वर्षा जस्तो पनि देखिन्छ। तर ती बादल र वर्षा नभई मिथेन र इथेन ग्यास भएको वैज्ञानिकले बताएका छन्। यसमा रहेको पानी टाइटन ग्रहको चट्टान र पहाडमा लुकेको छ। किनकि टाइटनको सतहको तापक्रम माइनस १८० डिग्री छ। यसको अर्थ टाइटन पृथ्वी जस्तै छ। तर, यसको माहोल हाम्रो ग्रहभन्दा फरक छ। यदि त्यहाँ जीवन सम्भव भएमा मिथेनमा निर्भर हुनुपर्ने वैज्ञानिकको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.