देशभर २२ हजार हेभी इक्विपमेन्ट

देशभर २२ हजार हेभी इक्विपमेन्ट

काठमाडौं : पूर्वाधार निर्माणमा प्रयोग हुने हेभी इक्विपमेन्टमा नयाँको प्रयोग घटेको छ भने पार्टपुर्जाको आयात भने बढेको छ। हाल नेपालमा २२ हजार हाराहारी हेभी इक्विपमेन्ट छन्। यी इक्विपमेन्ट मुस्किलले ४० प्रतिशत मात्रै सञ्चालनमा आएको हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर बताउँछन्। उनका अनुसार विकास निर्माणको गति जति धेरै भयो यस्तो सामग्रीको प्रयोग उति नै धेरै हुने गर्छ। पछिल्लो समय नेपालमा विकास निर्माण सुस्त गतिमा भएकाले हेभी इक्विपमेन्ट भएकै पनि प्रयोगमा नआउने र प्रयोगमा आएकाको हिस्सा पनि कम देखिएको छ।

उनका अनुसार नेपालमा हेभी इक्विपमेन्ट चलाउने सक्ने दक्ष जनशक्तिको अभाव छ। भएकै जनशक्ति पनि सीमित क्षेत्रमै व्यस्त हुन्छन्। नयाँ जनशक्ति उत्पादन कम हुने र भएका पनि बिदेसिने समस्याले पनि यो क्षेत्रलाई चुनौती थपिइरहेको बुझाइ कुँवरको छ। उनका अनुसार हाल नेपालमा जम्मा आठ हजार चालकसँग मात्रै हेभी इक्विपमेन्ट चलाउने इजाजतपत्र छ।

हाल दर्जनौ कम्पनी रहेका र विभिन्न कम्पनीले आ-आफ्नै हिसाबले बजार बढाउने काम गरिरहका छन्। सबै व्यवसायीको आफ्नै रणनीति हुने र व्यापारिक नीति बनाएर बढीभन्दा बढी सामान बेच्न ग्राहक आकर्षित गरिनु सामान्य नै हो।

बिक्रीपछिको सेवा कमजोर रहेको दाबी कुँवरको छ। नेपालमा हेभी इक्विपमेन्ट र यसका आवश्यक पार्टपुर्जा सबै बाहिरैैबाट आउने गरेका छन्। बिक्री भएका सामानमा विश्वनीय बनाउने र ग्राहक आकर्षित गरिराख्न सबै कम्पनीले स्पेयर पार्ट्स र सर्भिसिङ सेवा दिइरहेका पनि छन्।

नयाँ जनशक्ति उत्पादन कम हुने र भएका पनि बिदेसिने समस्यालेयो क्षेत्रलाई चुनौती थपिएको छ।

भाजुरत्न एजेन्सी प्रालिका उपाध्यक्ष निराजन रुपाखेतीका अनुसार यो कम्पनीले सानी नामको हेभी इक्विपमेन्ट बिक्री गर्ने गरेको छ। यसले बिक्री मात्रै नभएर त्यसपछिको सेवाबाट ग्राहक आकर्षित गर्न सकिरहेको दाबी उनको छ। ‘सन् २०१६ मा सुरु भएको यो कम्पनी अहिले बजारमा दोस्रो स्थानसम्म आफ्नो पहुँच पुर्‍याइसकेको छ। यसले दिएको बिक्री, स्पेयर पार्ट र सर्भिसिङको सेवामा ग्राहकको गुनासो नआउने गरी सेवा दिइरहेका छौं। सोही कारण पनि ग्राहकले हाम्रा उत्पादन रुचाउने गरेका छन्’, रुपाखेतीले भने।

सानीले हेभी इक्विपमेन्टका साधनमा एक्जाभेटर, क्रेन, मोटर ग्रेडर, कंक्रिट पम्प, ब्याटिङ प्लान्टसहित बिक्री वितरण गर्दै आएको छ। यो कम्पनीले बिक्री गर्ने साधनमा सबैभन्दा बढी एक्जाभेटर नै रहेको छ। यसले तीन वर्षमा पाँच सयभन्दा बढी एक्जाभेटर, १२ सय वटा पाइलिङ रिङ, मोटर ग्रेड १५ वटा र क्रेन १० भन्दा बढी बिक्री गरिसकेको छ। यो कम्पनीका अनुसार सानीसँग आबद्ध हुँदा र यसले दिएको सेवा सुविधाकै कारण ग्राहकले चित्त बुझाउने गरेका छन्। यसले बिक्रीपछि दिने स्पेयरपार्ट तथा सर्भिर्सिङ सुविधा पनि राम्रो बनाएको दाबी गरेको छ।

यो कम्पनीको काठमाडौंबाहिर पोखरा, इटहरी र बुटवलमा पनि दुई वर्षदेखि आउटलेट सञ्चालनमा छन्। सेवाग्राहीले लिने सेवा जहाँबाट भए पनि कम्पनीप्रतिको विश्वास र यसले दिएको सेवा नै प्रमुख भएको बुझाइ रुपाखेतीको छ।

मर्मत लागत उच्च

कुँवरका अनुसार नयाँ खरिद गर्दा एउटा एक्जाभेटरमा करिब एक करोड रुपैयाँ खर्च हुने गरेको छ। तर, यसका सामान किनेर प्रयोग गरेपछि बिग्रदा भने स्पेयरपार्ट र मर्मतमा हुने खर्च अधिक रहेको छ। नेपालमा कुनै पनि सामान नबन्ने सबै बाहिरी मुलुकबाटै ल्याउनुपर्ने अवस्था छ। चीनबाट आएका पार्टपुर्जा तुलनात्मक रूपमा सस्तो हुने गरेको भए पनि टिकाउ कम हुन्छ। अन्य मुलुकबाट आउने सामान खर्चालु हुने गरेका कारण कतिपय सामान बिग्रदा व्यवसायी अधिक खर्चकै कारण हैरानी हुने गरेका छन्। कुँवर भन्छन्, ‘राज्यको नियन्त्रणबाहिर भएको र व्यवासायीले पनि नयाँ बिक्रीलाई मात्रै प्राथमिकता दिने गरेका कारण त्यसपछिको सेवामा सुधार हुन सकेको छैन। हेभी इक्विपमेन्टको हाइड्रोलिक पम्प, सिलिन्डर, ट्रान्समिसन तथा इन्जिनसहित सामान मर्मत गर्दा १५ देखि २० लाख रुपैयाँ खर्च हुने गरेको छ।’

कुनै सामान बिग्रिएर बनाउन लैजाँदा डोजर मालिकलाई मेसिनबारे जानकारी हुँदैन। जे भन्यो त्यहीँ सामान हाल्नुपर्ने हुन्छ। कुन सामान कमसल र कुन राम्रो भन्ने थाहा नहुँदा डोजर नयाँ किनेर चलाउनुभन्दा त्यसपछिको मर्मत सम्भारमा भने अत्प्रत्यासिन खर्च निस्कने गरेको कुँवर बताउँछन्।

स्कोटर््सका बिक्री प्रबन्धक यवन खतिवडाका अनुसार हामीले काठमाडौं उपत्यकासहित १३ स्थानमा सेल्स, सर्भिसिङ र पार्ट्स सेवा दिइरहेका छौं। उनका अनुसार कुनै पनि ग्राहक आएको ४८ घण्टाभित्रै सेवा दिइरहेको छौं। हामीसँग ५० जना दक्ष इन्जिनयर छन्। करिब ९० प्रतिशतसम्म आवश्यक पार्टपुर्जा सञ्चित गरेर राख्ने गरेका छौं। सुगममा तीन दिनभित्र र दुर्गम क्षेत्रमा एक साताभित्रै भारतबाट पार्टपुर्जा ल्याएर भए पनि मर्मत सेवा दिइरहेका छौं। हेभी इक्विपमेन्टका चालकलाई समय समयमा मेसिनबारे आवश्यक जानकारी तथा तालिम पनि दिने गरिएको छ। पार्ट्सलाई आधार मूल्यमा नै बिक्री गरेर सेवा दिएका र ग्राहकको प्रतिक्रिया अनुसार चल्ने गरिएको बुझाइ खतिवडाको छ।

जेसीबीका प्रमुख प्रबन्धक सूर्यप्रसाद ओझाका अनुसार पछिल्लो समय बजार नै शिथिल भएर बसेको अवस्था छ। सरकारी खर्च कम भएको, निर्माण व्यवसायीले समयमा पैसा नपाउँदा काम नभएको तथा विकास निर्माणको गति कम हुँदा हेभी इक्विपमेन्ट प्रयोग कम भएको देखिएको हो।

हामीले निर्माण क्षेत्रमा आवश्यक हेभी इक्विपमेन्टका सबै प्रकारका साधन बिक्री गर्ने गरेका छौं। दुई दशकदेखि सेवा दिइरहेको यो कम्पनीले दिएको सेवा र सुविधा तथा बिक्रीका हिसाबले बजारमा अग्रणी स्थान बनाउन सफल भएको बुझाइ ओझाको छ। उनका अनुसार हाल बजारमा जेसीबी मात्रै सात हजार वटा छन्। यो क्षेत्रलाई चाहिने जति आवश्यक साधन छन्, ती सबैको सुविधा र सेवा जेसीबीले दिइरहेको दाबी ओझाको छ।

देशैभर सेवा सञ्जाल विस्तार गरिरहेको यो कम्पनीको १२ वटा आउटलेट, चार वटा डिलर र १५ वटा एआरओमार्फत सेवा दिइरहेको छ। यो कम्पनीले बिक्रीपछिको सेवा र सुविधालाई पनि उत्तिकै ध्यान दिएको छ। एभएडब्लू इन्भेस्टमार्फत फाइनान्स सुविधा दिने ग्राहकलाई हाम्रो सेवा र सुविधाको विषयमा बिक्रीपछि पनि सोधिरहने र मर्मतमा पनि छिटो सेवा दिने कम्पनीको रूपमा जेसीबी आउने गर्छ। यो कम्पनीसँग तीन सय जनाभन्दा बढी इन्जिनियर छन् भने ५० करोडभन्दा बढीका पार्टपुर्जा सञ्चितमा रहेका छन्। जसका चाहेकै बेलामा सेवा लिन र कुनै पनि साधन बिग्रिएको ४८ घण्टाभित्रै सेवा दिइसक्ने गरिएको बुझाइ ओझाको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.