चीनतर्फ हिमपातले आयात–निर्यात प्रभावित
नुवाकोट : हिमपात भएपछि रसुवागढी नाकाबाट सामान आयात–निर्यात प्रभावित भएको छ। हाल सञ्चालनमा रहेको मध्ये नेपाल-चीन जोड्ने सबैभन्दा छाटो नाका रसुवागढी काठमाडौंदेखि १५२ किलोमिटरको दूरीमा रहेको छ । चीन सरकारले यस नाकालाई २०१७ को सेप्टेम्बार १ तारिखका दिन अन्र्तराष्ट्रिय नाकाको मान्यता दिएको थियो।
रसुवागढीबा २६ किलोमिटर उत्तरपश्चिममा रहेको चीनको तिब्बतस्थित केरुङमा दुई दिनदेखि निरन्तर हिमपात भएका कारण आयात-निर्यात प्रभावित भएको केरुङमा रहेका व्यापारीहरुले जानकारी दिएका छन् ।
चीनतर्फ हिमपात भइरहेको कारण आयात–निर्यात हुन नसकेको जानकारी आएको प्रहरी निरीक्षक सरोज गिरीले बताए । समस्या समाधानका लागि पहल भइरहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !