प्रदेश-२ सरकार फेरिए मधेसी दलकै लागि आत्मघाती हुने चेतावनी

प्रदेश-२ सरकार फेरिए मधेसी दलकै लागि आत्मघाती हुने चेतावनी

वीरगन्ज : प्रदेश २ मा मधेसी गठबन्धनको सरकार परिवर्तन गरिए त्यो मधेसी दलकै लागि आत्मघाती कदम हुने मधेसी दलका नेताले चेतावनी दिएका छन् ।

आइतबार वीरगन्जमा प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवस तथा सहिद सम्मान कार्यक्रममा मधेसी दल (समााजवादी पार्टी र राजपाका) नेताले दुवै दलका शीर्ष नेताहरुलाई यस्तो चेतावनी दिएका हुन् ।

प्रदेश २ मा सरकार बनाएका दुई मधेसी दलको गठबन्धन फुटाएर सरकार फेर्ने षड्यन्त्र भइरहेको भन्दै उनीहरुले यदी त्यसो भए मधेसी जनताले मधेसी दलका नेतालाई पनि नछाड्ने चेतावनी दिए ।

कार्यक्रममा उपस्थित समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका साथै राजपाका केन्द्रीय नेताहरुलाई लक्षित गर्दै प्रतिनिधीसभा सदस्य प्रदीप यादवले भने, ‘ओलीको झोलीमा नेताज्यूहरु नपर्नु होला, यदी काँग्रेस कम्युनिष्टको षड्यन्त्रमा परेर मधेसी गठबन्धन टुट्यो र प्रदेश सरकार चेन्ज भयो भने मधेसी जनता ती नेताको घरमै लाठी लिएर पुग्छन्, मधेसबाट खेद्छन् ।’

एक सय १७ जना मधेसी सहिदको बलिदानीले नै मधेसी दलले प्रदेश सरकार बनाएको भन्दै उनले सहिदका बलिदानीलाई लत्याएर सत्ता लिप्सामा नपर्न पनि उनले सुझाव दिए । प्रदेश २ का उद्योग, वातावरण तथा वनमन्त्री रामनरेश रायले पनि मधेस आन्दोलनका एजेण्डा र सहिदका बलिदानीलाइ नबिर्सिन दुबै दलका अध्यक्षलाई आग्रह गरे ।

‘म दुबै अध्यक्षलाई आग्रह गर्छु, जुन मुद्दाका लागि मधेस आन्दोलन भयो, ११७ मधेसी सपुतले ज्यानको आहुति दिए, त्यसलाई बिर्सिने काम कदापी नगर्नु होला,’ उनले भने । भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका राजपाका महामन्त्री जितेन्द्र सोनलले लोकतन्त्र, संघीयता खतरामा रहेको र मधेसलाई फेरि टुक्र्याउने षड्यन्त्र भइरहेको टिप्पणी गरे ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने आफूहरु सजग रहेको बताए । प्राप्त भएका उपलब्धी जोगाउनु आजको आवश्यकता रहेको उनको तर्क थियो । बाँकी हक अधिकारका लागि संघर्ष जारी रहेको उनले बताए । प्रदेश २ का बारा र पर्सा जिल्ला प्रदेश ३ मा मिसाएर मधेसलाई ८ जिल्लामा खुम्च्याउने षड्यन्त्र भइरहेको पनि उनले बताए । तर आफूहरुले त्यस्तो सफल हुन नदिने जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.