सहिद परिवारलाई ढाँट्दै प्रदेश-२ सरकार, ५० लाख दिने घाेषणा, २५ हजारले टारियो !

सहिद परिवारलाई ढाँट्दै प्रदेश-२ सरकार, ५० लाख दिने घाेषणा, २५ हजारले टारियो !

वीरगन्ज : मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले मधेसमा मधेसी दलको सरकार बनेपछि सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए ।

प्रदेश २ मा मधेसी दलको सरकार बनेको पनि दुई वर्ष पूरा हुँदैछ । तर आन्दोलनका बेला मधेसी दलका शीर्ष नेताले नै घोषणा गरेको ५० लाख रुपैयाँ सहिदका परिवारले पाउन सकेका छैनन् ।

आइतबार वीरगन्जमा आयोजित बलिदानी दिवस र सहिद सम्मान कार्यक्रममा प्रदेश सरकारले मधेसी सहिदहरुका परिवारलाई २५ हजार रुपैयाँ मात्रै दिएर टारेका छन् । मधेस आन्दोलनका पहिलो सहिद भनी चिनिएका रमेश महतोका दाजु बालकृष्ण सिंह भन्छन्, ‘आन्दोलनका बेला नेताले मधेसमा मधेसी दलको सरकार बने सहिदका परिवारलाई ५० लाख दिन्छौँ भनेर उक्साएका थिए, तर अहिले प्रदेश सरकारले ५० लाखको ठाँउमा २५ हजार मात्रै दिएर टारेको छ ।’

यसअघिको १० लाख पनि प्रदेश सरकारले नभइ संघीय सरकारले सहिद परिवारलाई दिएको थियो । प्रदेश सरकारले सहिदका परिवारका एक जनालाई रोजगारी दिने  घोषणा पनि गरेका थिए । तर यस्तो सुविधा पनि सरकारबाट नपाएको सहिद परिवारले गुनासो गरेका छन् ।

आइतबारको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि सहिदका परिवारलाई ५० लाखको घोषणा गरेर २५ हजार रुपैयाँ मात्रै दिएर टारिएको भन्दै प्रदेश सरकारको आलोचना गरे ।

समाजवादी पार्टी पर्साका नेता समेत रहेका उनले भने, ‘५० लाख दिन्छौँ भनेर घोषणा गरियो, तर अहिले त २५ लाख रुपैयाँ दिएर टारिएको छ ।’ कार्यक्रममा उपस्थित मुख्यमान्त्री, मन्त्रीहरुलाई लक्षित गर्दै यादवले भने, ‘मधेसमाम मधेसी दलकै सरकार छ, अहिले सत्तामा हुँदाका बेला नदिए कहिले दिने हो ? प्रदेश सरकारले सहिदका परिवारलाई ५० लाख तुरुन्त दिओस् । मेरो जोडदार माग छ ।’ प्रदेश सरकारले एक ठाँउमा पनि मधेसी सहिदको शालीक बनाउन नसकेको भन्दै यादवले मधेस आन्दोलनको उपेक्षा भएको टिप्पणी गरेका थिए ।

‘५० लाख दिन प्रदेश सरकार सक्षम छैन’

कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले भने सहिदका परिवारलाई ५० लाख दिन प्रदेश सरकार आर्थिक रुपमा सक्षम नभएको बताए । ‘आन्दोलनका बेला सहिद परिवारलाई ५० लाख दिने त भनियो तर दिने कसरी ! प्रदेश सरकार आर्थिक रुपमा सक्षम नै छैन, त्यती बजेट पनि छैन,’ मन्त्री साहले भने ।

मन्त्री साहले ११७ मधेसी सहिदको बलिदानीले मात्र मधेसको सबै अधिकार प्राप्त नहुने भन्दै अझै शहादत आवश्यक रहेको र त्यसका लागि तयार रहने मधेसी जनतासँग आग्रह पनि गरे। मन्त्री साहले भने, ‘यति सहिदले मात्रै मधेसको पूर्ण अधिकार प्राप्त हुँदैन । पुन आन्दोलन गर्नुपर्छ, मधेसी जनताले अझै शहादत दिनुपर्छ, त्यसका लागि तयार रहनू होला !’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने सहिदको बलिदानीको मुल्यांकन पैसा दिएर वा शालीक बनाएर नहुने तर्क गरे । ‘सहिदकै बलिदानीका कारण हामीले प्रदेश सरकार बनाएका हौँ, त्यसैले प्रदेश सरकारले सहिदको योगदानलाई कहिल्यै पनि बिर्सँदैनौँ,’ राउतले भने । प्रदेश सरकारले सरकारी निर्णय गरेर माघ ५ लाई बलिदानी दिवस मनाइरहेकाले यो आफैँमा ठूलो उपलब्धि भएको जिकिर उनको थियो ।

११७ सहिद तर ५२ लाई मात्रै नगद र सम्मान

पहिलो, दोश्रो र तेश्रो गरी तीन पटकको मधेस आन्दोलनमा मारिएका ११७ जनालाई सहिद घोषणा गरिए पनि आइतबारको बलिदानी दिवसमा ५२ सहिदका परिवारलाई मात्र प्रदेश सरकारले जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णले भने, ‘मन्त्रिपरिषदबाट ५२ जना सहिद परिवारको मात्रै सूची हामीलाई आएको हो, त्यसमध्ये आजको कार्यक्रममा ४२ जनाले मात्र नगद रकम बुझेका छन्, बाँकी १० जनालाई मुख्यमन्त्री कार्यालयबाटै रकम उपलब्ध गराइने छ ।’ मन्त्री सोनलले भने ५२ बाहेक अन्य अरु नै प्रदेशको भएकाले प्रदेश २ का मात्रै सहिद परिवारलाई सम्मान र रकम वितरण गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.