ताप्लेजुङ सेमिफाइनलमा

ताप्लेजुङ सेमिफाइनलमा

धनकुटा : धनकुटामा जारी ‘सहिद रामकृष्ण श्रेष्ठ १ नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता’ को आइतबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाको टोलीलाई हराउँदै ताप्लेजुङको कर्णसिंह सोनाम फुटबल क्लब सेमिफाइनलमा पुगेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न खेलमा ताप्लेजुङले उदयपुरलाई ३–२ गोलले हराएको हो।

ताप्लेजुङको जितमा अनुष्का शेर्पाले दुई र इन्द्रमाया गुरुङले एक गोल गरे। उदयपुरका लागि मोनिका राई र मनिता तामाङले एक÷एक गोल गरेका थिए। उक्त खेलमा ताप्लेजुङकी अनुष्का शेर्पा उत्कृष्ट खेलाडी घोषित भइन्। उनले तीन हजार रुपैयाँ पुरस्कार पाइन्। आइतबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ।

धनकुटा, झापा र मोरङ यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्। सोमबार प्रतियोगिताको दुई सेमिफाइनल खेल हुनेछ। पहिलो खेलमा मोरङ ११ ले कन्काई नगरपालिकाको टोलीसँग खेल्नेछ। यसैगरी दोस्रो सेमिफाइनल खेल धनकुटा फुटबल संघको टोली र कर्णसिंह सोनाम फुटबल क्लबबीच हुनेछ।

तत्कालीन राजा वीरेन्द्र र उनको परिवार २०३० साल चैत ३ गते विराटनगर सवारी हुँदा आन्दोलन गर्ने क्रममा बम प्रहार गर्दा सहादत प्राप्त गरेका प्रजातान्त्रिक योद्धा रामकृष्ण श्रेष्ठको सम्झनामा प्रतियोगिता सञ्चालन गरिएको हो। २०७४ साल माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको दिन पारेर सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले यो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा प्रदेश नम्बर १ का आठवटा टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा प्राविधिक सहयोग धनकुटा जिल्ला फुटबल संघले गरेको छ। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.