राष्ट्रियसभा निर्वाचन : सुदूरपश्‍चिम प्रदेशमा दुई पदका लागि चारजनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्‍चिम प्रदेशमा दुई पदका लागि चारजनाको उम्मेदवारी

डोटी : राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा निर्वाचन सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकास्थित पद्म पब्लिक मुक्तिनारायण उच्च माविको मतदान स्थलमा निर्वाचन भइरहेको हो ।

निर्वाचन बिहान १० बजेदेखि सुरु भइसकेको छ । शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको निर्वाचन अधिकृत बिदुर काफ्लेले बताएका छन् । निर्वाचन बेलुकी ४ बजेसम्म हुने बताइएको छ ।

सुदूरपश्चिमबाट एक खुल्ला र एक महिला गरी दुईजना राष्ट्रियसभा सदस्यको लागि निर्वाचन भइरहेको हो । दुईजनाका लागि चारजनाको उम्मेदवारी परेको छ । दुईजना नेपाली कांग्रेसको तर्फबाट र दुई जना सत्तारुढ दल नेकपाको तर्फबाट उम्मेदवार रहेका छन्।

सुदूरपश्चिम प्रदेशका सबै प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख निर्वाचनमा भाग लिन जिल्लामा आइसकेका छन् भने अहिले मतदान भइरहेको छ । मतदाता लाइनमा लागेर शान्तिपूर्ण तरिकाले मतदान गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको उम्मेदवारी दिएका थिए भने नेपाली कांग्रेसका तर्फबाट महिलातर्फ तुलसी देवकोटा र खुल्लामा प्रताप ठगुन्नाले उम्मेदवारी दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७६ र प्रदेश सभा सदस्य ५३ जना गरी जम्मा दुई सय २९ मतदाता रहेका छन् ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ का दरले तीन हजार एक सय ६८ र प्रदेश सभाका ५३ जना सांसदको मतभार ४८ का दरले दुई हजार पाँच सय ४४ गरी सुदूरपश्चिम प्रदेशमा कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ ।

२०७४ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट खुल्लातर्फ निर्वाचीत सांसद नेपाली कांग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचीत भएकी नेकपाकी सांसद कमला ओलीको पदावधि दुईवर्ष कायम भएको थियो । उनीहरुको रिक्त हुन लागेको ठाउँमा निर्वाचन हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.