राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा मतदान सकियो, दुई मत खसेन

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा मतदान सकियो, दुई मत खसेन

डोटी  (सिलगढी) : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ। दुई सय २९ मतदातामध्ये दुई सय २७ ले मतदान गरेका छन्। 

सत्तारुढ दलका तर्फबाट प्रदेशसभा सदस्य मुना कुमारी साउद र साइपाल गाउँपालिका बझाङकी उपध्यक्ष कल्पना मतदानमा अनुपस्थित भएका हुन्। बोहरा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

बिहान १० बजेदेखि संचालन भएको मतदानमा एक सय ७६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखमध्ये एकजनाले मात्र मतदान गरेका छैनन्।  ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मात्र मतदान गरेका छन्।

मत गणना आजै सुरु हुने बताइएको छ। निर्वाचन अधिकृत बिदुर काफ्लेले दिएको जानकारी अनुसार बेलुका ५ बजेदेखि मतगणना हुनेछ। मतगणना सुरु भएको चार÷पाँच घण्टा भित्रै मत परिणाम आउने जनाइएको छ।

सुदूरपश्चिमबाट एक खुला र एकजना महिला गरी दुई राष्ट्रियसभा सदस्यको लागि निर्वाचन भएको हो। दुई जनाको लागि चार जनाको उम्मेदवारी परेको छ। दुई नेपाली कांग्रेसको तर्फबाट र दुई सत्तारुढ दल नेकपाको तर्फबाट उम्मेदवार रहेका छन्।

नेकपाको तर्फबाट खुलातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टले उम्मेदवारी दिएका थिए। नेपाली कांग्रेसका तर्फबाट महिलातर्फ तुलसी देवकोटा र खुलामा प्रताप ठगुन्नाले उम्मेदवारी दिएका हुन्।

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७६ र प्रदेशसभा सदस्य ५३ गरी जम्मा दुई सय २९ मतदाता छन्।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ का दरले तीन हजार एक सय ६८ र प्रदेशसभाका ५३ जना सांसदको मतभार ४८ का दरले दुई हजार पाँच सय ४४ गरी सुदूरपश्चिम प्रदेशमा कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ।

२०७४ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिमबाट खुलातर्फ निर्वाचित सांसद नेपाली कांग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचित भएकी नेकपाकी सांसद कमला ओलीको पदावधि दुई वर्ष कायम भएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.