थारू बस्तीमा माघ महोत्सव

थारू बस्तीमा माघ महोत्सव

धनगढी : थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने माघीको गाउँगाउँमा अझै रौनक बढिरहेको छ। उनीहरूले महिनाभर विभिन्न महोत्सव, नाचगान र सांगीतिक कार्यक्रम गरी माघ मनाउने गरेका छन्।

कैलालीको गोदावरी नगरपालिका— ८ मजगाउँमा पनि माघ महोत्सव सुरु भएको छ। थारू समुदाय कसैले यसलाई ‘माघी’ र कसैले ‘माघ’ महोत्सव भन्दै आएका छन्। मजगाउँमा रहेको थारू संग्रहालयको प्रांगणमा माघ महोत्सव सुरु भएको हो।

थारू कल्याणकारिणी सभा गोदावरी नगर समितिको आयोजनामा माघ महोत्सव सुरु भएको हो। महोत्सवको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उद्घाटन गरिन्। कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख कडायतले थारू संग्रहालयलाई पूर्ण रूपमा विकसित गराउन नगरपालिकाले बजेट विनियोजन गर्ने बताइन्।महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा थारू समुदायका भेषभूषा, कला, संस्कृति झल्कने झाँकी, नृत्य प्रस्तुत गरिएका छन्। लामो समयदेखि हिउँदे झरी र हुस्सुले आजित भएका कैलालीवासी बुधबार घाम लागेसँगै महोत्सव हेर्न उर्लिएका थिए।

‘थारू भाषा, संस्कृति, कला, गीतवास हमार पहिचान, अधिकार सुनिश्चितता ओ समृद्ध समाज निर्माण करना हमार साझा अभियान’ भन्ने नाराका साथ थारू कल्याणकारी सभा गोदावरी नगर समितिले महोत्सवको आयोजना गरेको हो।

उद्घाटन कार्यक्रम, थारू कल्याणकारी सभा गोदावरी नगर समितिका अध्यक्ष जनकलाल चौधरीको सभापतित्वमा भएको थियो। महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा थारू परिकारका स्टल राखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.